२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

'ऐ रात्तै' गीतबाट उत्कृष्ट युवा निर्देशकको अवार्ड तिमल्सिनालाई

नमनखबर डेस्क साउन १८, २०८२ १0३७
'ऐ रात्तै' गीतबाट उत्कृष्ट युवा निर्देशकको अवार्ड तिमल्सिनालाई

काठमाडौं । होनहार र क्षमतावान युवा निर्देशक धनेन्द्र तिमल्सिना (राज)ले ‘ऐ रात्तै’ गीतमार्फत उत्कृष्ट युवा निर्देशकको अवार्ड प्राप्त गर्न सफल भएका छन्। सानै उमेरदेखि कला क्षेत्रप्रति विशेष रुचि राख्ने तिमल्सिनाले आफ्नो करिअरको सुरुआत विभिन्न फिल्महरूमा सह–निर्देशक (Assistant Director) को रूपमा गरेका थिए।

आज समारी इन्टरनेशनल इभेन्टको आयोजनामा भक्तपुरको बोडे स्थित कृषि विकास बैंक सभा हलमा आयोजित कार्यक्रममा उनलाई युवा निर्देशकको अवार्ड प्रदान गरिएको हो । 

कार्यक्रम प्रतिनिधि सभा सदस्य छिरिङ ल्हामु लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सम्मानले राष्ट्रका उदाउँदा ताराहरूको पहिचान वृद्धि गर्ने लक्ष्य बोकेको आयोजक संस्थाले जनाएको छ ।

तिमल्सिना वर्ष २०७१ देखि निर्देशनको यात्रामा सक्रिय रही फिल्म, म्युजिक भिडियो तथा नागरिक सचेतनामूलक भिडियोहरूमा समेत सफल निर्देशन गरिसकेका छन्। 'समर लभ' फिल्ममा सह-निर्देशकका रूपमा कार्य गरेका तिमल्सिनाले कोरोना महामारीको समयमा नेपालमै पहिलो पटक सचेतनामूलक उत्कृष्ट भिडियो निर्माण गरेर सबैको ध्यान खिचेका थिए।

उनले ‘ऐ रात्तै’, ‘मन’, ‘यो समय’, ‘जवानी आयसी’ लगायत दर्जनौं म्युजिक भिडियोहरू निर्देशन गरिसकेका छन्।

‘ऐ रात्तै’ गीतका सर्जक माधव खड्का हुन् भने स्वर चर्चित गायक गोकुल राउत र गायिका पार्वती कार्कीको रहेको छ। यही गीतबाट तिमल्सिनाले निर्देशनको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै उत्कृष्ट युवा निर्देशकको अवार्ड प्राप्त गरेका हुन्।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।