असार १५ धान दिवसको अवसरमा नव प्रतिभा बाल क्लबले गरे मान्दिर वारिपरि वृक्षारोपण
श्री नव प्रतिभा अङ्ग्रेजी माध्यमिक विद्यालयमा रहेको नव प्रतिभा बाल क्लबको आयोजनामा असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा नमोबुद्ध नगरपालिका वडा नं ७ मा अवस्थित श्री जगवैजेश्वर त्रिवेणी धाम परिसरमा वृक्षरोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरियो ।
कार्यक्रममा बाल क्लबका अध्यक्ष रिकेशा उप्रेती, उपाध्यक्ष शिला न्यौपाने र कोषाध्यक्ष समिर सिग्देलले श्री जगवैजेश्वर त्रिवेणीधाम संरक्षण तथा व्यवस्थापन समितिका उपाध्यक्ष माधवप्रसाद खनाल र सदस्य विदुरप्रसाद बर्तौलालाई विभिन्न जातका विरुवाहरु हस्तान्तरण गरेका थिए!
उपाध्यक्ष माधवप्रसाद खनाल र सदस्य विदुरप्रसाद बर्तौलाले वृक्षरोपणका लागि बाल क्लबका सदस्यहरुलाई सहयोग तथा सहकार्य गर्नुभएको थियो!
यस अवसरमा उपाध्यक्ष खनालले भन्नुभयो- यस्तो पवित्र स्थलमा वृक्षरोपण तथा सरसफाइको कार्यक्रम आयोजना गरेकोमा आफूलाई अत्यन्त खुसी लागेको र विरुवा जस्तै बढेर अनि पढेर असल नागरिक बनी विद्यार्थीहरुले पनि यस्तै परोपकारी कार्य गर्न सक्नुपर्दछ भन्ने धारणा राख्नुभयो ।
कार्यक्रममा विद्यालयको संस्थापक सन्तोष अधिकारी र प्रधानाध्यापक विवेक कुमार तामाङले बाल क्लबलाई सहजीकरण गरिदिनुभएको थियो ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।