२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

भुम्लुका पूर्व उपाध्यक्ष श्रेष्ठ सहित एक दर्जन नेता–कार्यकर्ता रास्वपामा प्रवेश

नमनखबर डेस्क भदौ १५, २०८२ २६६
भुम्लुका पूर्व उपाध्यक्ष श्रेष्ठ सहित एक दर्जन नेता–कार्यकर्ता रास्वपामा प्रवेश

बनेपा । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाबाट करिब एक दर्जन स्थानीय नेता–कार्यकर्ता राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। आइतबार काठमाडौंको बालाजुस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजित विशेष कार्यक्रममा उनीहरूले विभिन्न पुराना राजनीतिक दल परित्याग गर्दै नयाँ यात्रा सुरु गरेका हुन् । 

रास्वपामा प्रवेश गर्नेहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेकपा (एमाले) सँग आवद्ध नेताहरू रहेका छन्। प्रवेशकर्तामध्ये विशेष ध्यान आकर्षित गर्ने नाम भुम्लु गाउँपालिकाकी पूर्व उपप्रमुख तथा एकीकृत समाजवादी नेतृ कल्पना श्रेष्ठ र २०७९ सालको स्थानीय तह निर्वाचनमा माओवादीबाट वडा अध्यक्षका उम्मेदवार बनेका रामबहादुर थापा रहेका छन् । 

त्यसैगरी पुष्कर उप्रेती, दिपक श्रेष्ठ, नारायण श्रेष्ठ, खडक श्रेष्ठ लगायतका स्थानीय नेता–कार्यकर्ताले पनि रास्वपामा आस्था प्रकट गरेका छन् ।

कार्यक्रममा सांसद तथा संसदीय दलका उपनेता विराज भक्त श्रेष्ठसहितका केन्द्रीय नेताहरूले नवप्रवेशीलाई स्वागत गरेका थिए। त्यस्तै सांसद हरि ढकाल, सचिवालय सदस्य दीपक बोहोरा, सह–कोषाध्यक्ष बसुमाया तामाङ र सामाजिक विकास सचिव बदन कुमार भण्डारीको समेत उपस्थिति रहेको थियो। 

यस अवसरमा रास्वपा काभ्रे जिल्ला सभापति प्रविण कुमार ढकाल, क्षेत्रीय सभापति तारा बहादुर कुँवर, भुम्लु गाउँपालिका सभापति विक्रम सिंह कुँवर तथा पूर्व सभापति दावा लामा पनि सहभागी रहेका थिए ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।