२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

छोटो चलचित्र 'प्लुटो' को ट्रेलर सार्वजनिक

नमनखबर डेस्क साउन १४, २०८२ १७६
छोटो चलचित्र 'प्लुटो' को ट्रेलर सार्वजनिक

काठमाडौं । नेपाली कथानक छोटो चलचित्र 'प्लुटो' को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रलाई प्रशान्त लामिछाने र  विनोद शाहीले निर्माण गरेका हुन् । 
नेपाली चलचित्र उद्योगमा नयाँ ऊर्जा र दृष्टिकोण ल्याउन चाहेको चलचित्रका निर्देशक प्रशान्त लामिछानेले बताएका छन् । आफ्नो करियरको पहिलो एक्सन थ्रिलर चलचित्र ‘प्लुटो’* को ट्रेलर सार्वजनिक भएसँगै नेपाली चलचित्र उद्योगमा एक्सन र थ्रिलर जनराको चलिचत्र निर्माण गर्दै नेपाली चलचित्र उद्योगमा योगदान गर्ने लक्ष्य रहेको निर्देशक लामिछाने बताउँछन् ।

 
चलचित्रको सम्पादन र सहकर्मी निर्देशकमा सौगात नेपाल, सहायक निर्देशक उज्वल भट्टराई, छायांकनमा अविरल मुडभरि, भिएफएक्समा अभिनास मान नापित रहेका छन् ।   

 

चलिचत्रमा अभिनाश सिंह, प्राशन चम्लागाईं, कृतिशा दिव्यानी श्रेष्ठ, सनिम बान्तावा राई, सौगात नेपाल, रोशन पौडेल, पङ्कज सार्की, रमन कुश्वाहा, सौभाग्य थापा, अस्मिता मगर, आशिष घिमिरे, सौरभ रेग्मी, मिचेल महत, अमन बडु, उज्वल भट्टराई, सुरज आचार्य लगायतका कलाकारहरूको अभिनय रहेको छ । 
सीमित बजेट र सानो टिमको साथ तयार गरिएको यो चलचित्रले नेपाली एक्सन चलचित्रको लागि कोशेढुंगा हुने दाबी गरिएको छ । यस चलचित्रबाट दर्शककको साथ र समर्थन समेट्दै टिमले निकट भविष्यमा थप स्तरिय, मनोरञ्जनात्मक र गुणस्तरिय चलचित्र निर्माण गर्दै जाने निर्देशक लामिछानेले बताएका छन् । 
उनको निर्देशनमा बनेको यो १७ मिनेटको छोटो चलचित्रले कथा, द्वन्द्व, सस्पेन्स (suspense), तनाव (tension), र उत्सुकता बोकेको छ । 


चलचित्रको छायाँकन ओस्कार कलेजको सेट, गौशाल स्थित वेधा रेस्टरेन्ट फुड कोर्ट एण्ड बार लगायतका स्थानहरूमा गरिएको हो ।    
 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।