२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

दक्षिणकाली बाँसबारीका ६४ जना विद्यार्थीलाई न्यानो कपडा(ट्र्याकसुट) वितरण कार्यक्रम सम्पन्न

नमनखबर डेस्क मंसिर १७, २०८१ ३५३
दक्षिणकाली बाँसबारीका ६४ जना विद्यार्थीलाई न्यानो कपडा(ट्र्याकसुट) वितरण कार्यक्रम सम्पन्न

काठमाडौं । दक्षिणकाली नगरपालिका वडा नं.४ बाँसबारीस्थित श्री बालसुधार आधारभूत विद्यालयमा अध्ययनरत तामाङ,मगर,दलित तथा अन्य समुदायका विद्यार्थीहरुलाई दैनिक विद्यालय आउने वातावरण बनाउन, गत असोज १२ गते शनिबार गएको बाढीपहिरोबाट त्रसित विद्यार्थीहरुको मनोबल बढाउन र जाडोबाट बचाउन,लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक, काठमाडौंको संयोजनमा, साइप्रसमा कार्यरत समाजसेवी गंगामाया ग्याबा तामाङको आर्थिक सहयोगमा आज सोमबार न्यानो कपडा (ट्र्याक सुट) वितरण समारोह भव्यताकासाथ सम्पन्न भएको छ ।

 

 विद्यालय व्यवस्थापन समितिका सदस्य एवं वडा सदस्य सानुबाबु श्रेष्ठको सभाध्यक्षतामा,प्रमुख अतिथि एवं वडाध्यक्ष पुष्कर खड्काले विद्यार्थी भाइबहिनीहरुलाई न्यानो कपडा (ट्र्याकसुट) र लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक, काठमाडौंका प्रबन्ध निर्देशक, पत्रकार एवं सामाजिक अभियन्ता श्याम तामाङले विद्यालयमा कार्यरत १४ जना शिक्षक, कर्मचारीहरुलाई डायरी,डटपेन प्रदान गर्नु भएको थियो ।

 

विद्यालयका कर्मचारी सविन मिश्रले कार्यक्रम संचालन,शिक्षक एवं निवर्तमान प्र.अ.विजेता खनालले स्वागत मन्तव्य,प्रमुख अतिथी एवं वडाध्यक्ष पुष्कर खड्का,लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम तामाङ,विद्यालयका प्र.अ.राजुभाई थापाले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए ।

 

विद्यालयकी कक्षा-५ मा अध्ययनरत छात्रा प्रनिता विष्टको नृत्य,समारोह शुरूवात राष्ट्रिय गानबाट गरिएको समारोहमा शिक्षक अभिभावक संघकी अध्यक्ष आयुषा कार्की,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक अभिभावक संघका प्रतिनिधि, शिक्षक, कर्मचारी, अभिभावक, समाजसेवी, व्यवसायी र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।