२०८३-वैशाख-०६ आइतबार

बिहानको ११:२५:२७

बागमती प्रदेश स्तरीय शैक्षिक प्रदर्शनीमा काभ्रे धुलिखेलको सेतीदेवी मावि उत्कृष्ट

नमनखबर डेस्क माघ १५, २०८१ २३३
बागमती प्रदेश स्तरीय शैक्षिक प्रदर्शनीमा काभ्रे धुलिखेलको सेतीदेवी मावि उत्कृष्ट

बागमती प्रदेश स्तरीय शैक्षिक प्रदर्शनीमा काभ्रेपलाञ्चोक जिल्लालाई प्रतिनिधित्व गर्दै धुलिखेल नगरपालिका वडा नम्बर २ रविको श्री सेतीदेवी माध्यमिक विद्यालय सबैभन्दा उत्कृष्ट हुन सफल भएको छ । 

बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत शिक्षा विकास निर्देशनालयद्वारा आयोजित प्रदर्शनी कार्यक्रम २०८१ माघ १४ गते हेटौडा स्थित श्री आधुनिक राष्ट्रिय मा. वि. मा आयोजना भएको थियो ।

जिल्ला प्रथम हुन सफल भई प्रदेशस्तरीय प्रतियोगितात्मक शैक्षिक प्रदर्शनीमा भाग लिएका विद्यालयहरूमध्ये सेतीदेवी मा. वि., धुलिखेल, काभ्रेपलाञ्चोकले प्रथम  स्थान हाँसिल गर्न  सफल भएको हो । विद्यालयले सम्मानसँगै नगद ३० हजार रुपैयाँ प्राप्त गरेको छ । 

बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका विद्यालयहरूमध्ये सर्वोत्कृष्ट हुन सफल भएकोमा विज्ञान शिक्षक समाज नेपाल, काभ्रेपलाञ्चोकले प्रधानाध्यापक राजकुमार सारु मगर र समस्त विद्यालय परिवारलाई बधाई ज्ञापन गरेको छ । 

बाग्मती प्रदेश स्तरीय शैक्षिक सामाग्री प्रदर्शनी मेलामा काभ्रेपलाञ्चोक जिल्लालाई प्रतिनिधित्व गर्दै सेतिदेवी मा.वि.ले जिल्लालाइ नै पहिलो पटक  ऐतिहासिक  जित दिलाउन सफल भएको हो ।

यस सफलतामा विद्यालयले सम्पुर्ण विद्यालय परिवार, धुलिखेल नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाइ काभ्रेपलान्चोक, अहोरात्र खटिएका मिहिनेती विद्यार्थी तथा शिक्षक स्टाफहरुलाई बधाईसँगै धन्यवाद व्यक्त गरेको छ । 

 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।