युएईमा शिक्षाको लागि समाज, सांगीतिक कार्यक्रम-२ आइतबार हुने
युएई । तामाङ समाज युएईको आयोजनामा यही सन् २०२४ जुलाई ७ तारिख आइतबारका दिन युएईस्थित CLUB SK-7 Bar Dubai मा"शिक्षाको लागि समाज, सांगीतिक कार्यक्रम-२"को तामाङ समाज युएईका प्रमुख संरक्षक तथा नेपाली समाज युएईका पार्षद अध्यक्ष राम मोक्तान तामाङको प्रमुख आतिथ्यमा दिनको १ बजे कार्यक्रम हुने भएको छ ।
तामाङ समाज युएईका सचिव एवं कार्यक्रम संयोजक सविन मोक्तान तामाङले नेपालका धेरै विकट क्षेत्र, जिल्लाहरुमा अवस्थित विद्यालयहरुको शैक्षिक तथा भौतिक स्तरलाई उकास्न केहि राहत पुराउने,साथै +२ पढ्दै गरेका केहि गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई शिक्षामा मद्दत पुराउने हेतुले छात्रवृत्ति प्रदान गर्ने उद्देश्य लिएर सांगीतिक कार्यक्रम गर्न लागेको, कार्यक्रमको अन्तरिक ब्यबस्थापन पूरा भएको जनाउँदै,सो कार्यक्रमको निमित्त नेपालबाट प्रसिद्ध गायिका तथा कलाकार सुबानी मोक्तान अतिथि कलाकारको रुपमा आउनु हुने र युएईमा रहेका चर्चित कलाकारहरुको सांगीतिक प्रस्तुतिमा कार्यक्रम हुन लागेको बताएका छन् ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।