२०८३-वैशाख-०६ आइतबार

बिहानको ११:२५:२७

काठमाडौंको धुम्रबराह माध्यमिक विद्यालयको जग्गामा ब्यबसायिक भवन बनाउन सुरु

नमनखबर डेस्क असोज ०८, २०८१ २४६
काठमाडौंको धुम्रबराह माध्यमिक विद्यालयको जग्गामा ब्यबसायिक भवन बनाउन सुरु

काठमाडौँ  ।  काठमाडौँ महानगरपालिका वडा नम्बर ४ स्थित   धुम्रबराह माध्यमिक विद्यालयको ९ रोपनी ६ आना जग्गा कब्जा गर्न भूमाफिया सक्रिय  भएका छन।  
उनीहरु  विद्यालयको  जग्गामा पार्टी  पुनर्निर्माणका नाममा कब्जा जमाउन   कम्मर कसेर लागेको र लगभग सफल भै सकेको भेटिएको छ।   २०७६साल जेठमा ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको उक्त बिद्यालयमा हाल कक्षा १२ सम्म अध्यापन भै रहेको छ । 

काठमाडौं महानगरपालिका- ४ का  वडाध्यक्ष दिनेश महर्जन भूमाफियाको लोभमा फसेर उक्त  विद्यालयको नाममा लालपुर्जासमेत भएको जग्गामा ब्याबसायिक   भवन निर्माण गर्न राजी भएको स्रोतले बताएको छ। 

प्रधानमन्त्री केपी शर्मा ओलीको कामपाका मेयर बालेनलाई असफल बनाउने योजना अन्तर्गत  कामपा ४ का  वडाध्यक्ष दिनेश महर्जनले उक्त कार्य अघि बढाएको बालेन पक्षका व्यक्तिहरूको दाबी छ।  

विद्यालयलाई नै धराशायी बनाउने योजना आफैमा घृणित र लाजमर्दो भएको र यसको प्रतिवादमा उत्रने स्थानीय बासिन्दाले बताएका छन।  

 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।