धुलिखेलमा पाँच महिने व्यावसायिक बारिष्टा तालिम सम्पन्न: युवाहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य
धुलिखेल, काभ्रेपलाञ्चोक
धुलिखेल नगरपालिका, चांगुनारायण फाउन्डेसन र ओरेन्टल हस्पिटालिटी एण्ड टुरिजम ट्रेनिङ सेन्टरको संयुक्त आयोजनामा सञ्चालित ५ महिने 'बारिष्टा तालिम' एक औपचारिक कार्यक्रमका बीच सम्पन्न भएको छ।
५ महिनासम्म चलेको उक्त तालिममा सैद्धान्तिक ज्ञानका साथै प्रत्यक्ष कार्यस्थलमा आधारित अभ्यास (OJT) लाई विशेष जोड दिइएको थियो।
धुलिखेल नगरपालिकाको कार्यालयमा आयोजित समापन समारोहमा नगर प्रमुख अशोक कुमार व्याञ्जु मुख्य अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। ओरेन्टल हस्पिटालिटीका सञ्चालक यामा ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तालिम सफलतापूर्वक पूरा गर्ने सहभागीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
यो तालिम केवल कफी बनाउने विधिसँग मात्र सीमित नरही आधुनिक कफी मेसिनको प्रयोग, क्याफे व्यवस्थापन, पाहुनाको स्वागत सत्कार तथा व्यावसायिक आचरण जस्ता महत्वपूर्ण पक्षहरूमा केन्द्रित थियो।
प्रशिक्षकहरू राजकुमार सापकोटा र मन्जिल मानन्धरले सहभागीहरूलाई कफी संस्कृतिको आधुनिक आयामबारे प्रशिक्षण दिनुभएको थियो।
सहभागीहरूले आफ्नो सीप तिखार्नका लागि काभ्रेका विभिन्न होटलहरू तथा काठमाडौंका प्रतिष्ठित क्याफेहरूमा 'अन द जब ट्रेनिङ' (OJT) गर्ने अवसर पाएका थिए, जसले उनीहरूलाई वास्तविक कार्यस्थलको अनुभव दिलाएको आयोजकले जनाएको छ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।