२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

एनपिएल सिजन २ : भोलि जनकपुर–चितवन र पोखरा–कर्णाली आमनेसामने

बालकृष्ण बजगाईं मंसिर १६, २०८२ १00
एनपिएल सिजन २ : भोलि जनकपुर–चितवन र पोखरा–कर्णाली आमनेसामने

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ अन्तर्गत भोलि (मंगलबार) दुई रोमाञ्चक खेल हुने भएका छन् । पहिलो खेल बिहान ११:४५ बजे हुनेछ, जहाँ साविक विजेता जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन् ।

लगातार चार खेलमा हार खेप्दै तालिकाको अन्तिम स्थानमा पुगेको जनकपुरका लागि यो खेल प्लेअफमा टिकिरहने अन्तिम अवसर मानिएको छ, जबकि चितवनले जितको लक्ष्यसहित मैदान प्रवेश गर्नेछ ।

दोस्रो खेल अपराह्न ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुने छ। प्लेअफ स्थान सुरक्षित गर्न दुवै टोलीका लागि खेल अत्यन्त महत्वपूर्ण छ। एकमात्र खेल जितेको पोखराले भोलिको जितले आफ्नो प्लेअफ यात्रा सहज बनाउन सक्छ भने कर्णालीका लागि यो ‘गर या मर’को स्थिति बनेको छ।

मंसिर १ गतेदेखि सुरु प्रतियोगितामा हालसम्म १९ खेल सम्पन्न भइसकेका छन्। यसक्रममा अपराजित रहेको सुदूरपश्चिम रोयल्स १० अंकसहित प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। अन्य टोलीहरू भने आफ्ना बाँकी खेलमार्फत अंक तालिकामा टिक्न प्रतिस्पर्धामा छन् ।

भोलिका खेलले प्लेअफ समीकरणलाई झनै स्पष्ट बनाउने भएकाले क्रिकेटप्रेमीहरू उत्साहित छन्।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

बालकृष्ण बजगाईं

बालकृष्ण बजगाईं

"बालकृष्ण बजगाईं, नमनखबरका एक सिर्जनात्मक लेखक हुन् । बजगाईं समाचार लेखनमा नवीनता र विश्लेषणात्मक दृष्टिकोण ल्याउँदै समाजको गहिरो अध्ययन गर्छन्। उनी सत्य र विश्वसनीयता प्रति प्रतिबद्ध छन् र विभिन्न विषयमा उत्कृष्ट र प्रेरणादायक सामग्री प्रस्तुत गर्छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।