गायक कृष्ण दाहालको ''काठमाडौमा मेलम्ची पानी" सार्वजनिक
काठमाडौं । 'ललितपुरे सर्जक एवम गायक कृष्ण दाहालको नयाँ लोकदोहोरी गीत ''काठमाडौमा मेलम्ची पानी" उनकै आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ ।
एक अर्काको सुन्दरताको प्रसंशा गर्दै दोहोरी खेलिएको निकै ठट्यौली शैलीमा तयार भएको साहालकै शब्द/संगीतको दोहोरी गीतमा लोकप्रीय गायक प्रताप दास, कृष्ण दाहालकै जीवन संगीनी दीपा सापकोटा साथै उनी आफैंले पनि स्वरबद्ध गरेका छन् ।
गीतलाई संगीत संयोजन नारायण दंगाल तथा मिक्सिङ श्यामस्वेत रसाइलीले गरेका हुन् । भिडियोमा सुरेश कोलि र जुना कार्किको दमदार अभिनय देख्न सकिन्छ । प्रायः दक्षिण ललितपुर एवम् जिल्लाका भेगहरुलाई समेटेर गीत लेख्दै आएका सर्जक कृष्ण दाहालले यो पटक पनि आंशिक निरन्तरता दिएका छन् ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।