२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

काभ्रेको अग्नी सहकारीमा ठगी प्रकरण: पीडितलाई सात दिनभित्र प्रमाणसहित सम्पर्क गर्न प्रहरीको आग्रह

नमनखबर डेस्क साउन २३, २०८२ १६६
काभ्रेको अग्नी सहकारीमा ठगी प्रकरण: पीडितलाई सात दिनभित्र प्रमाणसहित सम्पर्क गर्न प्रहरीको आग्रह

धुलिखेल । काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयले अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा भएको ठगी प्रकरणमा संलग्न व्यक्तिहरूको विरुद्ध अनुसन्धान जारी रहेको जानकारी दिएको छ। बनेपा नगरपालिका वडा नम्बर ८, सिनागलमा रहेको यस सहकारी संस्थामा विभिन्न समयमा विभिन्न शिर्षकहरूमा संकलन गरिएको रकम हिनामिना गरिएको भन्ने उजुरीका आधारमा अनुसन्धान सुरु गरिएको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सहकारीका सञ्चालकहरूले बचतकर्ताहरूको रकम हिनामिना गरेको प्रमाण फेला परेको र केही व्यक्तिहरूलाई पक्राउ पनि गरिएको जनाइएको छ।

यसै सन्दर्भमा जिल्ला प्रहरी कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै, पीडित बचतकर्ताहरूलाई आवश्यक प्रमाणसहित सात दिनभित्र सम्पर्क गर्न अनुरोध गरेको छ।

पीडितहरूले आफ्नो पासबुक, बचतपुस्तक, भौचर, मुचुल्का लगायतका कागजातहरू तथा नागरिकता प्रमाणपत्र वा कुनै पनि परिचय खुल्ने कागजात लिएर जिल्ला प्रहरी कार्यालय धुलिखेलस्थित आर्थिक अपराध अनुसन्धान शाखामा उपस्थित हुनुपर्नेछ।

सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेले पीडितहरूलाई अनुसन्धानमा सहयोग पुर्‍याउन सूचनामार्फत सम्पर्क गर्न आग्रह गरेका छन्।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।