२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

कालेश्वर विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई झोला

नमनखबर डेस्क साउन २९, २०८१ २४१
कालेश्वर विद्यालयमा अध्ययनरत  विद्यार्थीहरुलाई झोला

ललितपुर । महाङकाल गाउँपालिका वडा नं. ४ कालेश्वर, चौतारीडाँडास्थित श्री कालेश्वर आधारभूत विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीहरुलाई झोला वितरण गरिएको छ ।

लोकेश्वर मिडिया सर्भिस, पुतलीसडक, काठमाडौंको संयोजनमा, अमेरिका न्यूयोर्क निवासी समाजसेवी सुमित्रा योञ्जन तामाङको आर्थिक सहयोगमा शुक्रबार विद्यार्थीहरुलाई झोला वितरण कार्यक्रम सम्पन्न भएको लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम ङेसुर तामाङले जानकारी दिनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन तिमल्सिनाको सभाध्यक्षता, वडा अध्यक्ष कृष्णप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता,  वडा सदस्य चित्रराज(सुदन) बजगाईको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा सचिव गंगाप्रसाद तिमल्सिना, विद्यालयका प्र.अ.धनबहादुर तिमल्सिना, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, अभिभावक, शिक्षक, कर्मचारी एवं विद्यार्थीहरुको सहभागिता रहेको थियो । 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।