खानेपानी समस्याकै कारण विस्थापितको तयारीमा थियौँ अहिले खुसी छौं
खानेपानी कै कारण हामी विस्थापित हुने तयारीमा थियौँ अहिले हामीलाई खानेपानी मात्रै नभइ सिँचाइ सुविधा समेत पाएको छौं हामी खुसी छौं यो भनाइ नमोबुद्ध नगरपालिका वडा नम्बर १० वडाका बसेरी खानेपानी उपभोक्ता केदार प्रसाद पाठकको हो,
गत असोज १०,११,१२ गतेको अविरल वर्षको बाढी पहिरोले क्षतिग्रस्त भएको खानेपानी र सिंचाइको पुनःनिर्माण शान्ति जन आदर्श सेवा केन्द्र एवं अक्सफामको साझेदारी तथा नमोबुद्ध नगरपालिकाको समन्वयमा सम्पन्न भएको छ उपभोक्ता समितिका अध्यक्षका अनुसार ८० घरदुरी लाभान्वित भएका छन् आज एक कार्यक्रका बिच हस्तान्तरण गरियो,
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नमोबुद्ध नगरपालिका मेयर कुन्साङ लामाले भुकम्पले जिर्ण भएको ठाउँ बाढीपहिरोले झन् क्षति भएको र संस्थाले सहयोग गरेकोमा धन्यवाद दिदै शान्ति जन आदर्श स्थापना कालदेखी नै संस्थाले धेरै ठाउँमा खानेपानी लगाएत पुर्वधारको क्षेत्रमा बिकास गरेको धन्यवाद व्यक्त गर्ने नगरबासीलाई नआतिन आग्रह गर्दै विस्तारै पहिलेकै ठाउँमा आउने अझै राम्रो बनाउने बताउनुभयो
शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामाले नमोबुद्धमा ६ वटा योजना रहेको र स्थानीयको सहयोगले कार्यसम्पादन छिटो भएको भन्दै सहयोगको लागि धन्यवाद दिदै अरु धेरै योजना रहेको जानकारी दिनुभयो
वडा नम्बर १० का वडा अध्यक्ष रामकृष्ण उपध्ययले गत असोजको वर्षतको बाढी पहिरोले त्यो कहालिलाग्दो अवस्थादेखि यो अवस्थामा आइपुग्दा पनि खुसी लागेको बताउदै अझैपनि गर्नुपर्ने धेरै रहेको जिकिर गर्दै शान्ति जन आदर्शले नमोबुद्भ १० लाई सहयोग गर्दै आएकोमा धन्यवाद दिनुभयो
वडा नम्बर ७ का वडा अध्यक्ष धर्मसिंङ लामाले मानव जीवनमा खानेपानी,सिंचाइ, विद्युत अवस्यक हुने र बसेरी क्षेत्रमा असोज १०,११,१२ गतेको अविरल वर्षको कारणले क्षति भएकोमा पुन:निर्माण गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो
वडा नम्बर ११ का वडा अध्यक्ष कृष्ण बहादुर तामाङले प्रकोपले क्षतविक्षत भएको अवस्थामा वसेरीमा भएको खानेपानी र सिंचाइलाई सहयोग गरेको धन्यवाद दिदै नमोबुद्धमा अरु पनि कार्यक्रम संचालन भएकोमा खुसी व्यक्त गर्नुभयो
समाजसेवी सन्त लामाले पुन्यकोकाम गरेको धन्यवाद दिदै मानव सेवा मुखले बोलेर मात्रै नहुने कामले पनि गरेकोमा संस्थालाई धन्यवाद दिनुभयो
उपभोक्ता समितिका अध्यक्ष केदार प्रसाद पठाक भन्छन्- अहिले खुसी छौ १ घर १ धारा छ, अहिले सबैसँगै छौं खुसी छौँ, सबै विस्थापित हुने थियौँ म पनि तयारीमा थिएँ हामी शान्ति जन आदर्शमा गयौं र समस्या राख्यौं, संस्थाले खानेपानी साथै सिँचाइको पनि व्यवस्था गरिदिएको छ, अहिले बस्न लायकको भएको छ खानेपानी र सिंचाइको काम भएको छ ८० घरधुरीले खानेपानी खाना पाइएको छ संस्थालाई जति धन्यवाद दिएपनि कमै लाग्छ,
९,५१,६७२.२० लागतमा सम्पन्न आयोजनामा सम्पन्न भएको थियो भने हस्तान्तरण कार्यक्रम नमोबुद्ध नगरपालिकाका मेयर कुन्साङ लामा शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष शंख बुद्ध लामा,नमोबुद्ध वडा नम्बर १० का वडा अध्यक्ष रामकृष्ण उपध्यय वडा नम्बर ७ का वडा अध्यक्ष धर्म सिं लामा वडा नम्बर ११ का वडा अध्यक्ष कृष्ण बहादुर तामाङ भुमि आयोगसदस्य इश्वरी ओझा,समाजसेवी सन्त लामा,तामाङ पत्रकार संघ जिल्ला सचिव अशोक बुद्ध लामा,संस्थाका कार्मचारीहरु खानेपानी उपभोक्ता लगाएत स्थानीयहरुको उपस्थिती रहेको थियोे!!!
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।