माम्ती भिमसेन
बीपी राजमार्ग हुँदै धुलिखेलबाट खुर्कोट जाँदै गर्दा मंगलटार कटेपछि करिब चार किलोमिटर पर एउटा फराकिलो फाँट देखिन्छ। जसलाई माम्ती फाँट भनिन्छ। यो फाँटबाट तिमाल जोड्ने रोशी नदीमाथि पक्की पुल निर्माण सम्पन्न भएको छ। पक्की पुल नजिकैको सानो बजारमा विशाल पिपलको रुख छ। पिपलको रुखैमुनि भीमसेनको प्रख्यात मन्दिर छ। जसलाई माम्ती भीमसेन भनिन्छ। यही मन्दिरको नामबाट यस फाँटको नामकरण गरिएको किंवदन्ती छ।
आफ्नो मनोकामना सिद्धि हुने विश्वासका साथ माम्ती भीमसेनप्रति यस भेगमा धेरै ठूलो आस्था छ। खासगरी
तत्काल माम्तीका फाँटमा ठूला ठूला मूलहरू फुटे। स्थानीय किसानलाई ती ज्यापूले भीमसेनको मन्दिर बनाएर पूजा गर्नु, तिमीहरूलाई कहिल्यै पानीको संकट पर्ने छैन भनेर त्यहाँबाट दोलखातर्फ प्रस्थान गरे। उता, दोलखामा पनि पानीको त्यस्तै समस्या थियो। तिनै ज्यापूले भीमसेनको आराधना गरी पानीको व्यवस्था गराइदिए। दोलखामा पनि नियमित भीमसेन पूजाको परम्परा बस्यो।
कसैकसैले भीमसेनलाई वायुदेवताका पुत्र भन्छन् भने कसैले असल देवता मात्रै भन्छन्। तर नेवार समुदायले मान्ने देवता भन्ने कुरामा चाहिँ विवाद छैन। जहाँ नेवारको बसोबास छ, त्यहाँ भीमसेन मन्दिर अवश्य पनि छ।
नेपालमा भीमसेनको पूजा कहिलेबाट सुरु भयो यकिनका साथ भन्न सकिन्न, तर मध्यकालीन नेपालमा व्यापारीका माझ यी भीमसेन अत्यन्त लोकप्रिय भएको विभिन्न किंवदन्ती तथा ऐतिहासिक स्रोतले स्पष्ट पार्दछन्।
भीमसेन व्यापारीका लोकप्रिय देवता भएको कुरामा दुई मत छैन। भीमसेनका लागि प्रयुक्त वाणिज्यदेव, मार्गदेव, मार्गबिघ्नहरु शब्दले पनि भीमसेनको व्यापारसम्बन्धी स्वरूपलाई प्रष्ट्याएको हुन्छ भने प्रमुख व्यापारिक मार्गमा
भीमसेनका थान र मन्दिर रहनुले पनि यसको महत्त्वलाई बुझाउँछ। माम्ती भीमसेन, दोलखा भीमसेनस्थान, धरानको क्षेत्रपाल भीमसेन तथा मकवानपुरको भीमफेदी आदि यस्ता व्यापार मार्गमा पर्ने भीमसेनका मन्दिर हुन्। प्राचीनकालमा विभिन्न जङ्गली जनावरबाट बच्दै साँगुरो पहराको बाटो हुँदै खोला र नदी तर्दै महिनाैँ लाग्ने व्यापारका लागि निस्कँदा त्यस्ता बिघ्नबाधाबाट बच्न बहादुर एवं दसहात्ती बराबर बल भएका भीमसेनको उपासना गरी आह्वान गरिनु यहाँको भूगोलअनुसार पनि अर्थपूर्ण लाग्छ।
जहाँसम्म नेपालमा भीमसेनको मूर्ति स्थापना गरी पूजा गर्ने परम्परा छ, सो भने ई.को बाह्रौँ शताब्दीदेखि मात्र सुरु भएको देखिन्छ। तर पशुपतिनाथ मन्दिरको दक्षिणपट्टिको छानो थाम्ने प्रयुक्त टुँडालमा द्रौपदीका साथ पाँच पाण्डवको रूपमा भीमसेनले स्थान पाउनु पनि यहाँ विचारणीय छ। यदि यो मन्दिरको कला तथा वास्तुकला प्राचीन शैलीकै निरन्तरता हो भने भीमसेनको मूर्ति बनाइने परम्परा नेपालमा प्राचीन मान्नुपर्ने हुन्छ। भाषा वंशावली भाग दुई तथा देवमाला वंशावलीमा पनि उपत्यकामा भीमसेनको स्थापनाको प्रसंग परेको छ, जसअनुसार ने.सं. २६० मा यहाँ पहिलोपटक भीमसेनको स्वतन्त्र मूर्ति स्थापना गरी पूजा गर्न सुरु गरेको बुझिन्छ, तर पनि भीमसेनसम्बन्धी अभिलेख ने.सं. ६६० तिरदेखि मात्र पाइन्छ।
जेहोस् मध्यकालतिर आएर भीमसेनका थुप्रै मन्दिर बने। तिनमा कतिपयमा ठूला र विभिन्न आकारप्रकारका ढुङ्गालाई भीमसेन देवता मानियो भने कतिपय ठाउँमा बलिष्ठ भीमसेनका दुई बाहु वा चार बाहु भएका प्रस्तर, धातु या काष्ठका मूर्ति स्थापना गरी पूजा उपासना गर्ने गरिएको पाइन्छ। हुन् त भीमसेनको प्रतिमा बनाउँदा भयानक, डरलाग्दो, रक्त वर्ण भएको श्वेतवस्त्रधारी, जटामुकुट युक्त, चार बाहु भएको जसमा दुई बाहुमा शूल र पास तथा अर्का दुई हातमध्ये एक वरद मुद्रामा र अर्को अभय मुद्रामा देखाउनु पर्दछ भन्ने उल्लेख छ। खासगरी नेवार समुदाय प्राचीनकालदेखि नै व्यापारमा बढी संलग्न रहने गरेको हुँदा विभिन्न नेवार बस्तीमै ज्यादा भीमसेनका मन्दिर तथा मूर्ति रहेको पाइन्छ। माम्ची भीमसेन मन्दिरका सन्दर्भमा भन्नु पर्दा यसको प्रख्याति जति छ त्योअनुसारको संरक्षण, संवर्द्धन तथा व्यवस्थापन भएको देखिँदैन। मन्दिरले चर्चेको जग्गासमेत अतिक्रमणमा परेको देखिन्छ।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।