महिलाहरु तालिम लिएर सक्षम बन्नुहोस प्रवन्धक शर्मिला लामा
१. तपाईको परिचय
नमस्कार, मेरो नाम शर्मिला लामा हो। म पेशाले ब्युटिसियन हुँ। मेरो पसल चाहिँ पहिले बनेपामा थियो, हाल चाहिँ पार्लर २८ किलोमा छ। मेरो सलुनमा चाहिँ बनेपा हुँदा लेडिज मात्रै हुन्थ्यो भने अहिले चाहिँ unisex salon हो।
२. ब्युटिसियन कस्तो पेशा हो?
ब्युटिसियन भनेको सौन्दर्यको एक डाक्टर जस्तै हो। ब्युटिसियनले चाहिँ छाला, कपाल तथा मनोवैज्ञानिक उपचार गर्ने पेशा हो।
३. कुन उमेरका व्यक्तिहरू सेवा लिन आउँछन्?
प्राय:जसो सबै उमेरका व्यक्तिहरू सेवा लिन आउँछन्। अहिलेको पुस्ताका बच्चाहरू हाम्रो सलुनमा कपाल कटिङ्ग गर्न, डन्ड्रफ हटाउन, डे स्पा र मेकअप गर्न आउँछन्। युवादेखि वृद्धसम्म सबै उमेरका व्यक्तिहरू सेवा लिन आउँछन्।
४. ग्राहकहरूको प्रतिक्रिया कस्तो छ?
ग्राहकहरूको प्रतिक्रिया एकदम राम्रो छ। हाम्रा ग्राहकहरू चाहिँ Google, TikTok, Facebook, र Instagram जस्ता सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया दिएर आउनुहुन्छ।
५. कति जनालाई रोजगारी दिनुभएको छ?
अहिले आठ जनालाई रोजगारी दिएको छु।
६. भावी योजना के छ?
मेरो भावी योजना बेरोजगारलाई रोजगारी दिने र ठाउँठाउँमा शाखा खोल्ने हो।
७. ब्युटिसियन बन्न कति समय तालिम लिनुपर्छ?
ब्युटिसियन बन्न कम्तीमा एक वर्ष तालिम लिनुपर्छ। तालिम सँगै काम पनि गर्दै गर्नुपर्छ।
८. तपाईंको पेशाले सन्तुष्ट हुनुहुन्छ?
मेरो पेशाले सन्तुष्ट छु। किनभने मेहनतको फल मिठो हुन्छ आफ्नो कर्म बाट सन्तुष्ट छु।
९. महिलाहरूलाई के सुझाव दिन चाहनुहुन्छ?
महिलाहरूलाई पहिलो कुरा मेरो सुझाव छ कि महिलाहरूले कुनै पनि तालिम लिएर सक्षम बन्नुहोस्। ब्युटिसियनको बारेमा परामर्श दिन चाहन्छु। महिलाहरू आर्थिक रूपमा स्वतन्त्र (financially independent) हुनुपर्छ, मेहनत गर्नुपर्छ र अघि बढ्नुपर्छ। जुन पनि profession मा सफलता हासिल गर्न सक्छन्। उदाहरणको लागि: PM Sushila Karki. ????
१०. अन्तमा के भन्नुहुन्छ?
अन्तमा म भन्न चाहन्छु कि हाम्रो सलुनमा Visit गर्न आउनुहोस्। हाम्रो service लिन आउनुहोस्। हाम्रो सलुनमा चाहिँ Professional products मात्र प्रयोग गरिन्छ। हजुरहरूको लागि चाहिँ हामीले एकदम राम्रो product प्रयोग गरेर १००% guaranty दिएर काम गर्छौं। हाम्रो professional client हरुलाई चाहिँ ३-५ महिनाको एकचोटि राम्रो facial free मा गर्न सकिन्छ। Hair treatment गर्नेहरूलाई चाहिँ Hair wash free मा र skin test पनि free मा गरिन्छ।
नोट: विदेश जानेहरूका लागि तालिम पनि दिने गरेको छु।
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।