२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

मृगौला जोगाउन ओलीको आग्रह

नमनखबर डेस्क साउन २९, २०८१ २९९
मृगौला जोगाउन ओलीको आग्रह

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मृगौला जोगाउन आग्रह गरेका छन्। 

आज विश्व मिर्गौला दिवस (मार्च १४) को सन्दर्भमा ओलीले मृगौला जोगाउन आग्रह गरेका हुन् । सानो लापरबाहीले पनि मृगौला बिग्रन सक्ने उल्लेख गर्दै ओलीले मृगौला जोगाउन व्यक्ति स्वयं सजग हुनुपर्ने बताए । मृगौलामा समस्या आएपछि डायलासिस गर्नु अल्पकालीन रोकथाम मात्र भएको हुँदा यसलाई जोगाउन सजग हुनुपर्ने ओलीको तर्क छ । 

पूर्व प्रधानमन्त्री ओलीले नेपालमै दुइ पटक मृगौला प्रत्यारोपण गरिसकेका छन् । मृगौला प्रत्यारोपणको जटिल र झन्झटिलो काम भएकाले मृगौला जोगाउनु नै सबैभन्दा राम्रो उपाय रहने सुझाएका छन् । 

आफु सरकारमा हुदा नि:शुल्क डायलासिस गर्ने कार्यक्रम ल्याएको ओलीले जानकारी दिनुभयो । 

ओलीले २०६३ सालमा पहिलो पटक नयाँ दिल्लीको अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गराएका थिए । त्यस्तै २०७६ सालमा त्रिवि शिक्षण अस्पताल काठमाडौँमा दोस्रो पटक मृगौला प्रत्यारोपण गरिएका थिए ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।