२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

नाइटिङ्गेल एकेडेमीमा ‘नाइटिङ्गेल फूटसल’ उद्घाटन, विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने अवधारणा

नमनखबर डेस्क माघ १७, २०८२ १५७
नाइटिङ्गेल एकेडेमीमा ‘नाइटिङ्गेल फूटसल’ उद्घाटन, विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सक्रिय बनाउने अवधारणा
बनेपा - बनेपा नगरपालिका वडा नं. १० जनागालमा अवस्थित नाइटिङ्गेल एकेडेमीले विद्यार्थीको सर्वाङ्गीण विकासलाई लक्षित गर्दै ‘नाइटिङ्गेल फूटसल’ सञ्चालनमा ल्याएको छ।
फूटसलको औपचारिक उद्घाटन विशेष समारोहका बीच नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपाने, पूर्वअध्यक्ष मोतिराम तिमल्सिना तथा बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले संयुक्त रूपमा गर्नुभएको हो।
विद्यालयका प्रबन्ध निर्देशक रत्नकुश रञ्जितकारको जन्मदिनको विशेष अवसरमा विद्यालयको फुटसल उद्घाटन गरिएको हो ।  
उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमडी रञ्जितकारले गुणस्तरीय शिक्षासँगै खेलकुद तथा अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई सक्रिय सहभागी गराउने उद्देश्यले फूटसल स्थापना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार खेलकुदले विद्यार्थीको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ यो पहल गरिएको हो।
उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकका अध्यक्ष विनोदकुमार न्यौपानेले नाइटिङ्गेल फूटसलले स्थानीय स्तरमै प्रतिभावान खेलाडी उत्पादन गर्न सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो।
त्यसैगरी बनेपा प्याब्सनका अध्यक्ष महेन्द्र विष्टले विद्यालयहरूले पठन–पाठनसँगै खेलकुद पूर्वाधारमा पनि समान ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै नाइटिङ्गेल एकेडेमीको प्रयास प्रशंसनीय रहेको बताउनुभयो।
विद्यालयकी प्रिन्सिपल उमा बस्नेतले खेलकुदलाई विद्यालयको शैक्षिक यात्राको अभिन्न अङ्गका रूपमा अघि बढाइएको उल्लेख गर्दै फूटसलले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, नेतृत्व क्षमता तथा टोली भावना विकास गर्न सहयोग पुग्ने बताउनुभयो। उहाँले स्वस्थ प्रतिस्पर्धा, सकारात्मक सोच र जीवन उपयोगी सीप विकासमा विद्यालय प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।
फूटसल उद्घाटनको अवसरमा नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोक र बनेपा प्याब्सनबीच मैत्रीपूर्ण फूटसल खेलसमेत आयोजना गरिएको थियो, जसले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।