२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघमा पुन: आचार्य

नमनखबर डेस्क माघ १२, २०८२ १७८
नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघमा पुन: आचार्य

नेपाल अटो मोबाइल रिकन्डिसन व्यवसायी संघमा पुन: श्याममणि आचार्य चयन हुनुभएको छ । यातायात व्यवस्था कार्यालय, गुर्जुधाराका कार्यालय प्रमुख राजन पोखरेलको प्रमुख आतिथ्यतामा शनिवार काठमाडौंमा सम्पन्न भएको संघको २१ औँ साधारण सभा तथा १० औँ अधिवेशनले आगामी कार्यकालका लागि आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

अधिवेशनले आचार्यको नेतृत्वमा १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा सुरज प्रजापति, महासचिवमा कृष्ण चौलागाईं, सचिवमा विजय थापा, कोषाध्यक्षमा राम गोपाल फुँयाल र सह-कोषाध्यक्षमा महेश जोशी चयन भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरूमा रामहरि गौतम, शिवराम श्रेष्ठ, आदर्श क्षेत्री, रेजिन कोजु, कृष्णहरि गौतम, प्रदिप ढकाल, सन्तोष घिमिरे, बिपिन चौलागाईं र उज्ज्वल बानिया रहेका छन् ।

उक्त कार्यक्रममा विभिन्न अटो मोबाइल कम्पनीहरू एमएडब्लु राइड्स , सीजी मोटर्स, हंसराज हुलासचन्द र जगदम्बा मोटर्सले स्टल प्रदर्शनका साथै विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरू गरेका थिए ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।