२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

नेपाल प्रेस युनियन काभ्रेको साधारण सभा, शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न

नमनखबर डेस्क कार्तिक ०२, २०८२ २३३
नेपाल प्रेस युनियन काभ्रेको साधारण सभा, शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न
धुलिखेल । नेपाल प्रेस युनियन काभ्रेले शनिबार काठमाडौं विश्वविद्यालयको सभाहलमा शुभ दीपावली, नेपाल संवत, छठ पर्वको शुभकामना आदान–प्रदान, वार्षिक साधारण सभा, सम्मान तथा सय दिने सदस्यता विशेष अभियान समापन कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल रहनुभयो।
शाखा अध्यक्ष नगेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका निर्वाचित पदाधिकारी तथा संस्थालाई सहयोग गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको थियो।
प्रमुख अतिथि लम्सालले प्रेस स्वतन्त्रता जोगाउन पत्रकारहरू एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभयो। बनेपा नगर प्रमुख शान्तिरत्न शाक्यले आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड हुनु दुःखद भएको उल्लेख गर्नुभयो। पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष भोजराज तिमल्सिनाले पत्रकारहरू निष्पक्ष र स्वतन्त्र रहनुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, नेपाल आदिवासी पत्रकार महासंघ काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा, समाजवादी प्रेस संगठनका अध्यक्ष दिनेश खरेल, प्रेस संगठन काभ्रेका अध्यक्ष रामप्रसाद ढकाल, प्रेस चौतारीका अध्यक्ष केदार तिमल्सिना, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्षहरू बद्रीराज तिमल्सिना, मोतिराम तिमल्सिना, नारायण सापकोटा, महेश पौडेल, भोला थापा, ईश्वरी ओझा, वर्तमान अध्यक्ष बिनोद न्यौपाने, प्रेस युनियन बागमती प्रदेशका अध्यक्ष युवराज पुरी, केन्द्रीय सदस्य कपिल कोइराला, रोशी गाउँपालिकाका उपाध्यक्ष मीमबहादुर वाइवा, बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी, जिल्ला समन्वय समिति काभ्रेका उपप्रमुख रिमबहादुर तामाङ र नेपाली कांग्रेस काभ्रेका कोषाध्यक्ष जगन्नाथ गिरीलगायतले शुभकामना व्यक्त गर्नुभयो।
अन्त्यमा, सभापति नगेन्द्र अधिकारीले प्रेस युनियन सबै पत्रकारहरूको साझा संस्था भएकाले सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो। बन्द सत्रमा अध्यक्ष, सचिव र कोषाध्यक्षका प्रतिवेदनहरू पारित गरिएका थिए। कार्यक्रमको सञ्चालन सचिव शुभराज अधिकारीले गर्नुभएको थियो।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।