२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

पनौती त्रिवेणी सरसफाइ अभियानको ३०० औं शृङ्खला भव्यताकासाथ सम्पन्न

नमनखबर डेस्क पुस ०८, २०८१ २८१
पनौती त्रिवेणी सरसफाइ अभियानको ३०० औं शृङ्खला भव्यताकासाथ सम्पन्न

काभ्रेपलाञ्चोक । ”स्वच्छ र हरियाली पनौती नगरपालिका बनाऔं” भन्ने मुल नाराका साथ  पनौती त्रिवेणी सरसफाइ अभियान ३०० औं शृङ्खला प्रवेश गरेको छ । सरसफाइ अभियानको उक्त अवसरमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीराज पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । 

 

काभ्रेली सक्रिय महिला संगठनकी अध्यक्ष एवं पनौती त्रिवेणी सरसफाइ नागरिक अभियानकी संयोजक सुमित्रा आचार्य बञ्जाराको सभाध्यक्षतामा आयोजित  कार्यक्रममा नेपाली कांग्रेस पार्टीका केन्द्रीय सदस्य मधुप्रसाद आचार्य, वाग्मती प्रदेश सभाका सांसदहरु कञ्चनचन्द्र वादे, सांसद तथा निवर्तमान मन्त्री तीर्थ लामा,जिल्ला समन्वय समिति काभ्रे जिल्ला प्रमुख दीपककुमार गौंतम, पनौती नगरपालिका मेयर रामशरण भण्डारी, विभिन्न वडाका वडाध्यक्षहरु, जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, विभिन्न अभियानका अभियन्ताहरु, व्यवसायी, शिक्षक, कर्मचारी, विद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय वासिन्दाहरुको सहभागितामा त्रिवेणी खोला, मठमन्दिर, टोल सरसफाइ, पनौतीमा जनचेतनामूलक र्याली जस्ता विभिन्न कार्यक्रमहरु गरेर मनाइएको थियो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।