२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

प्रधानमन्त्री बालेनको प्रेस सहजकर्तामा बजगाईं नियुक्त

नमनखबर डेस्क बैशाख ०३, २०८३ ४८
प्रधानमन्त्री बालेनको प्रेस सहजकर्तामा बजगाईं नियुक्त
काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहको प्रेस सहजकर्तामा सुरेन्द्र बजगाईं नियुक्त भएका छन्।
बजगाईंले स्वकीय शाखा अधिकृत सरहको सेवासुविधा लिनेगरी नियुक्ति पाएका हुन्।
उनी मेयर शाहको सचिवालयमा काम गरेका र पत्रकारितामा सक्रिय थिए।
शाखा अधिकृत सरहको सेवासुविधा लिनेगरी प्रधानमन्त्री शाहको प्रेस सहजकर्ता नियुक्त भएको स्रोतले जानकारी दिएको छ ।
दक्षिण ललितपुर महाँकाल गाउँपालिका वडा नम्बर ४ का बजगाईं यसअघि बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि प्रेस संयोजकको भूमिकामा थिए । 
पत्रकारितामा सक्रिय रहेका उनले मेयर शाहको सचिवालयमा काम गर्दै पछिल्लो संसदिय निर्वाचनमा पनि सक्रिय थिए । उनी ललितपुर क्षेत्र नम्बर १ बाट रास्वपाको उम्मेद्वार हुने समेत भनेर चर्चा भएपनि रास्वपा ललितपुर सभापति बुद्ध रत्न महर्जनले टिकट पाएका थिए ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।