२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

'संकल्प' मुखपत्र सार्वजनिक, निष्पक्ष पत्रकारिताको पक्षमा सशक्त आवाज

नमनखबर डेस्क असार १५, २०८२ २२५
'संकल्प' मुखपत्र सार्वजनिक, निष्पक्ष पत्रकारिताको पक्षमा सशक्त आवाज

बनेपा । समाजवादी प्रेस संगठन नेपाल, काभ्रेपलाञ्चोकले प्रकाशन गरेको मुखपत्र ‘संकल्प’ शनिबार एक औपचारिक समारोहका बीच लोकार्पण गरिएको छ।

कार्यक्रमका प्रमुख अतिथि एवं संगठनका केन्द्रीय अध्यक्ष शम्भु श्रेष्ठले ‘संकल्प’ पत्रिकाको महत्त्वमाथि प्रकाश पार्दै पुस्तक र पत्रपत्रिका पढ्नेलाई अझै डिजिटलभन्दा फरक अनुभव दिने माध्यम भएको धारणा राख्नुभयो। उहाँले समसामयिक राजनीतिक अवस्थाबारे पनि चर्चा गर्नुभयो।

कार्यक्रममा बोल्दै पोलिटब्युरो सदस्य तथा काभ्रे इन्चार्ज टोकबहादुर वाइबाले पत्रकारिताले सधैं निष्पक्षता अपनाउनुपर्ने बताउँदै पत्रकारले कुनै पनि राजनीतिक झण्डा नबोकी सत्यका पक्षमा कलम चलाउनुपर्ने विचार व्यक्त गर्नुभयो।

पूर्वमन्त्री एवं पोलिटब्युरो सदस्य लक्ष्मण लम्सालले अनलाइन युगमा समेत एक पठनीय र विचारोत्तेजक सामग्री प्रकाशन गर्नुलाई सराहनीय भन्दै सन्तुलित र सकारात्मक सूचना प्रवाह आजको आवश्यकता रहेको उल्लेख गर्नुभयो। नकारात्मक समाचारको प्रभावले राम्रा खबर ओझेलमा पर्ने अवस्था हटाउन मिडियाको भूमिका निर्णायक हुने धारणा उहाँले राख्नुभयो।

नेकपा (एकीकृत समाजवादी) काभ्रेका अध्यक्ष बसुन्धरा हुमागाईंले संगठन भन्दा माथि उठेर सबैले देश र समाजको हितमा योगदान दिनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रमको सभापतित्व समाजवादी प्रेस संगठन काभ्रेका अध्यक्ष दिनेशराज खरेलले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतम, नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष महेश पौडेल, गोकुल गौतम, कपिल कोइराला, नगेन्द्र अधिकारी, केदारनाथ तिमल्सिना, रामप्रसाद ढकाल, इन्द्रबहादुर थापा लगायतका पत्रकार संगठनका प्रतिनिधिहरूले आ–आफ्ना धारणा व्यक्त गरे।

कार्यक्रममा महासचिव रोहित दाहाल, कोषाध्यक्ष भरतराज पोखरेल, वरिष्ठ पत्रकार बोधराज त्रिपाठी लगायतका क्रियाशील पत्रकार तथा पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।