२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

वाग्मती सफाइ महाअभियानको ६११ औं शृङ्खला

नमनखबर डेस्क माघ १३, २०८१ २८५
वाग्मती सफाइ महाअभियानको ६११ औं शृङ्खला

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ हरेक साताको शनिबार संचालन हुँदैं आएको वाग्मती सफाइ महाअभियानक ६११ औं शृङ्खला बुद्धनगर वाग्मती पुल (युएन पार्क अगाडि ) वाग्मती नदि आसपासमा सम्पन्न भएको छ ।

 सो महाअभियानमा नेपाल सरकारका पूर्वमुख्यसचिव एवं प्रमुख अभियन्ता लीलामणि पौंडेल,अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति अध्यक्ष नारायण भण्डारी, कामनपा -११ का अध्यक्ष हिरालाल तण्डुकार, दुबई मसरक बैकका कन्ट्री डाइरेक्टर हेमा अधिकारी, कामनपा-१० कार्यवहाक वडाध्यक्ष सुनिता भित्रकोटी, वडा सदस्य सतिस तण्डुकार, जीवन विज्ञानका प्रतिनिधि हरि ज्ञवाली,आलोकनगर वाग्मती अभियन्ता प्रमिला पौंडेल, सुन्दरीघाट वाग्मती सरसफाइ अभियान संयोजक चित्र सुनुवार, बानेश्वर महिला वातावरण प्रा.लि.अध्यक्ष दुर्गा दुलाल, मुक्तिनाथ विकास बैंकका बोर्ड सदस्य नारायणकुमार श्रेष्ठ, समाजसेवी ज्ञानकुमार बज्राचार्य,विकास खनाल, वाग्मती सफाइ महाअभियानका अभियन्ताहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि, कर्मचारी, रोटरी क्लब अफ काठमाडौं हेरिटेज, सामुदायिक प्रहरी नयाँ बानेश्वर र स्थानीय वासिन्दाहरुको उपस्थितिमा संकलित सात मेट्रीक टन फोहोरको व्यवस्थापन, काठमाडौं महानगरपालिका, वातावरण व्यवस्थापन विभाग, टेकु, काठमाडौंले गरेको अभियन्ता किशोरसिंह शाहीले बताएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।