२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

वाग्मती सफाइ महाअभियानको ५९७ औं शृङ्खला

नमनखबर डेस्क कार्तिक ०३, २०८१ ३३३
वाग्मती सफाइ महाअभियानको ५९७ औं शृङ्खला

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार नियमित संचालन हुँदैं आएको वाग्मती सफाइ महाअभियानले शनिबार तीनकुने वाग्मती पुल,बानेश्वर प्रहरी वृत्त अगाडि ५९७ औं शृङ्खला सम्पन्न गरेको छ ।

 

महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार सो महाअभियानमा ज्येष्ठ नागरिक स्थानीय वासिन्दा ईश्वरी भट्टराई,सुविधानगर सामुदायिक विकास समितिका अध्यक्ष सुमित्रा कडरिया,आलोकनगर वाग्मती सफाइ अभियन्ता प्रमिला पौडेल,सुन्दरीघाट वाग्मती सरसफाइ अभियानका संयोजक चित्रकुमार सुनुवार,वाग्मती सामुदायिक वातावरण संरक्षण समितिका पूर्वअध्यक्ष मोहन पराजुली,वाग्मती सफाइ महाअभियानका अभियन्ताहरु,स्थानीय वासिन्दाहरुको उपस्थितिमा एक मेट्रीक टन संकलित फोहोरको व्यवस्थापन,काठमाडौं महानगरपालिका,वातावरण व्यवस्थापन विभाग,टेकु,काठमाडौंले व्यवस्थापन गरेको जनाएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।