२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

वाग्मती सफाइ महाअभियानको ६०० औं शृङ्खला सम्पन्न

नमनखबर डेस्क कार्तिक २४, २०८१ ३३२
वाग्मती सफाइ महाअभियानको ६०० औं शृङ्खला सम्पन्न

काठमाडौं । राष्ट्रको लागि हप्ताको दुई घण्टा स्वयम् सेवा भन्ने मुल नाराकासाथ प्रत्येक साताको शनिबार बिगत १२ वर्षदेखि संचालन हुँदैं आएको वाग्मती सफाइ महाअभियानले शनिबार आफ्नो गौरवमय ६०० औं शृङ्खला तिलगंगा वाग्मती नदि किनारमा भव्य रुपमा सम्पन्न गरेको छ ।

महाअभियानका अभियन्ता किशोरसिंह शाहीकानुसार उक्त महाअभियानमा नेपाल सरकारका पूर्वमुख्यसचिव एवं प्रमुख अभियन्ता लीलामणि पौंडेल,महाअभियानका सुत्रघार डा. राजु अधिकारी,अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति आयोजना प्रमुख नारायण भण्डारी,उप आयोजना प्रमुख उद्धव नेपाल,कर्मचारीहरु,वाग्मती सफाइ महाअभियानका अभियन्ताहरु,सुन्दरीघाट वाग्मती सरसफाइ अभियान संयोजक चित्रकुमार सुनुवार,मनोहरा सरसफाइ अभियान अभियन्ता कविता गुरुङ,बानेश्वर महिला वातावरण प्रा.लि.अध्यक्ष दुर्गा दुलाल,आलोकनगर वाग्मती अभियन्ता प्रमिला पौडेल,कृषि विशेषज्ञ छवि पौडेल,काठमाडौं महानगरपालिका वडा नं.९ बाट सरसफाइ टोलि,केयूकेएल,स्थानीय वासिन्दाहरुको सहभागितामा संकलित ५ मेट्रीक टन फोहोरको व्यवस्थापन,काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग,टेकु,काठमाडौंले गरेको जनाएका छन् ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।