२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

भाइबर बन्यो नेपालमा दर्ता हुने पहिलो सामाजिक सञ्जाल

नमनखबर डेस्क साउन २९, २०८१ ३६४
भाइबर बन्यो नेपालमा दर्ता हुने पहिलो सामाजिक सञ्जाल

काठमाडौं । सामाजिक सञ्जाललाई व्यवस्थित गर्न नेपाल सरकारले दर्ता गरी सूचीकृत हुन आग्रह गरेपछि अब औपचारिक रुपमै सामाजिक सञ्जाल दर्ता हुने प्रक्रिया सुरु भएको छ । 

सामाजिक सञ्जाल ‘भाइबर’ नेपालमा  २०८० फागुन २४ गते दर्ता भइ आधिकारिक रुपमै सञ्चालनमा आएको हो । नेपालमा सूचीकृत भएर सञ्चालन हुने सामाजिक सञ्जालमा भाइबर पहिलो बन्न सफल भएको छ । 

सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयले भाइबरलाई फागुन २४ बिहीबार दर्ता प्रमाणपत्र प्रदान गरेको हो । सचिवस्तरको निर्णयबाट सूचीकरण गरी भाइबरलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

सामाजिक सञ्जाललाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ८ बमोजिमको जिम्मेवारी पुरा गर्ने गरी सोही निर्देशिकाको दफा ३ को उपदफा ६ बमोजिम सामाजिक सञ्जाल प्ल्याटफर्म सञ्चालन गर्न मन्त्रालयले स्वीकृत प्रदान गरेको जनाइएको छ । 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।