२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

हत्या

नमनखबर डेस्क बैशाख १७, २०८२ ३१४
हत्या

नौ वर्षीय छोराको हत्या गरी शव गाड्ने आमा र बुवा पक्राउ????

बाँके — कोहलपुर नगरपालिका–११ हरियाली मार्गमा बस्दै आएका यशोदा बुढा र उनका दोस्रो पति निरकनाथ योगीलाई नौ वर्षीय छोरा कुशल बुढाको हत्या गरी शव गाडेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार कुशलको शव बैजनाथ गाउँपालिका–४ नौलापुरमा जमिनमुनि गाडिएको अवस्थामा फेला परेको हो। स्थानीयले दुर्गन्ध महसुस गरी बालकको खुट्टा देखेपछि खबर गरिएको थियो।

प्रहरी अनुसन्धानमा आमा र सौतेला बुवाले मिलेर बालकको हत्या गरी शव लुकाउन खोजेको खुलेको छ। उनीहरूले बालक हराएको भन्दै वैशाख ८ गते मात्रै प्रहरीमा जानकारी गराए पनि खोजतलासमा चासो नदेखाएकाले शंका उब्जिएको प्रहरीले जनाएको छ।

हाल उनीहरूलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। मृतक कुशल कोहलपुर माविमा कक्षा ३ मा अध्ययनरत थिए।????????

स्रोत : गोरखापत्र

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।