२०८३-वैशाख-०६ आइतबार

बिहानको ११:२५:२७

फोनिज काभ्रेद्वारा स्थापना दिवसमा दृष्टिविहीन अभिभावकका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

अशोक बुद्ध लामा साउन २७, २०८२ ४८७
फोनिज काभ्रेद्वारा स्थापना दिवसमा दृष्टिविहीन अभिभावकका बालबालिकालाई शैक्षिक सामाग्री वितरण

फोनिज काभ्रेद्वारा दृष्टिविहीन अभिभावकका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण 
बनेपा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २६ औ स्थापना दिवसको अवसरमा फोनिज काभ्रेद्वारा दृष्टिविहीन अभिभावकका बालबालिकाहरूलाई शैक्षिक सामग्री वितरण गरेका छन् । फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगरको नेतृत्वमा सामग्री वितरण गरेका हुन् । 

`समृद्धिको आधार, पूर्ण समावसमावेशी सञ्चार´ भन्ने नाराकासाथ सोमबार बनेपामा एक कार्यक्रमको आयोजना गरि बालबालिकाहरूको लागि शैक्षिक सामग्री वितरण गरेका हुन् । फोनिज काभ्रेले तीन दृष्टिविहीन परिवारका ५ जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेका छन् । प्रतिव्यक्ति दुई दर्जन कापी, एक थान स्कुल झोला, एक थान इङ्क पेन, एक/एक प्याकेट सिसाकलम, इरेजर र कटर प्रदान गरेका छन् । 

शैक्षिक सामग्री वितरण गर्दै फोनिज काभ्रेका अध्यक्ष इन्द्रबहादुर थापा मगरले दृष्टिविहीन अभिभावकका बालबालिकाको शिक्षा दिक्षामा राज्यसँगै सम्पूर्ण समाजको पनि दायित्व भएकोले थोरै भएपनी सहयोग गरेको बताए ।  गत बर्ष अनाथ बालबालिकाहरूको लागि शैक्षिक सामग्री वितरण गरेको जानकारी दिदै आगामी दिनमा पनि निरन्तर सहयोग गर्दै अगाडी बढ्ने उनको भनाइ छ । 

बालबालिकाले शैक्षिक सामग्री प्राप्त गरेपछि दृष्टिविहीन अभिभावक स्वस्तिका थापाले खुसी हुँदै धन्यवाद व्यक्त गरिन । बालबालिका पढाउनको लागि कहिलेकाही पिर हुने गरेको बताउदै यस्पालीलाइ ढुक्क हुने थापाले बताइन् । 

सो कार्यक्रममा फोनिज बागमती प्रदेशका बिभागीय प्रमुख जगत तामाङ, पूर्व इञ्चार्ज पेमा लामा, प्रेस सेन्टर बागमती प्रदेशका सचिव रोजन तामाङ, फोनिज काभ्रेका सल्लाहकार उजाड रक्तिम, फोनिज बागमती प्रदेशका पूर्व सचिव शिशिर लामा, तामाङ पत्रकार संघका सचिव अशोकबुद्ध लामा, फोनिज काभ्रेका संस्थापक सदस्य मानकाजी सुवाल, तामाङ पत्रकार संघ काभ्रेका पूर्व अध्यक्ष अञ्जली तामाङ लगायतको उपस्तिथि रहेका थिए । 

फोनिज काभ्रेका उपाध्यक्ष भेषराज दनुवारले स्वागत मन्तव्य राखेको कार्यक्रम सचिव सनम सुवालले सञ्चालन गरेकि थिइन ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।