धुलिखेलमा राष्ट्रिय कलाकार र कोम्हेन्दो डान्स स्टुडियोको धमाका
धुलिखेल ।
बखुण्डोल बुद्ध पार्क व्यवस्थापन समितिको आयोजनामा हुन लागेको सोनाम ल्होछार विशेष कार्यक्रममा यसपालि धुलिखेलवासीले भरपूर मनोरञ्जन पाउने भएका छन्। मञ्जुश्री सम्बत २८६१ औं 'ता ल्हो' को उपलक्ष्यमा हुन लागेको कार्यक्रममा राष्ट्रिय स्तरका गायक तथा कलाकारहरुको प्रस्तुती रहनेछ।
विशेष गरी KOMHENDO DANCE STUDIO & ZUMBA का कलाकारहरुको दमदार नृत्यले स्टेज तताउने पक्का छ। SUCCESS FILMS PVT. LTD. को प्राविधिक सहयोगमा सञ्चालन हुने कार्यक्रमको उद्घाटन धुलिखेल नगरपालिकाका मेयर अशोक कुमार व्यन्जुले गर्नुहुनेछ। कार्यक्रममा परम्परागत पूजाका साथै आधुनिक साँस्कृतिक झलकहरुको अनुपम संगम देख्न पाइनेछ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।