२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

ह्याप्पी हिल रिसोर्टमा तीज फेशन रनवे सम्पन्न

नमनखबर डेस्क साउन २८, २०८२ १४७
ह्याप्पी हिल रिसोर्टमा तीज फेशन रनवे सम्पन्न

काठमाडौं — ‘इन्टा अटायर’को आयोजनामा २०८१ साल साउन २८ गते शनिबार, काठमाडौंको बुढानिलकण्ठस्थित चिसनी ह्याप्पी हिल रिसोर्टमा भव्य रूपमा ‘तीज फेशन रनवे’ सम्पन्न भएको छ।

कार्यक्रममा इन्टा अटायरकी संस्थापक तथा फेशन डिजाइनर इन्टा श्रेष्ठले ब्राइडल सारी, खुर्ता सेट र इन्डो–वेस्टर्न ड्रेसको आकर्षक संग्रह प्रस्तुत गरिन्। उक्त संग्रहमा २५ जना मोडलहरूको प्रस्तुति रहेको थियो, जसमा बालबालिका समेत सहभागी थिए।

शो–टपरको रूपमा ‘मिसेस नेपाल युनिभर्स २०१८’ मनीषा डंगोल (श्रेष्ठ)ले विशेष आकर्षण प्रस्तुत गरिन्। आधिकारिक कोरियोग्राफी सुमिना महर्जनले गरिन् भने सञ्चालक (MC) समाइरा श्रेष्ठ थिइन्।

कार्यक्रमको उद्घाटन प्रमुख फोटोग्राफर राज भाई सुवाल र इन्टा अटायरकी संस्थापक तथा फेशन डिजाइनर इन्टा श्रेष्ठले गरेकी थिइन। यस कार्यक्रमलाई इशान कन्स्ट्रक्सन, लन्डन फेशन हाउस, सुशिया फेशन हाउस, औकी इभेन्ट, नेइको इन्टरप्राइज, भ्यानिटी मेकअप स्टुडियो एण्ड ट्रेनिङ सेन्टर, ह्याप्पी हिल रिसोर्ट र हिमालयन बियरले प्रायोजन तथा सहयोग गरेका थिए।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।