२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

काभ्रेमा स्रोत नखुलेको नगद र सुनका गरगहना सहित एक युवक नियन्त्रणमा

नमनखबर डेस्क भदौ २७, २०८२ २३३
काभ्रेमा स्रोत नखुलेको नगद र सुनका गरगहना सहित एक युवक नियन्त्रणमा
भदौ २७, काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिका–२, भकुण्डेबेसीस्थित बीपी राजमार्ग खण्डमा स्रोत नखुलेको नगद र सुनका गरगहना सहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार दिउँसो करिब २ बजेतिर काठमाडौँबाट सिराहा तर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ९१७३ नम्बरको EV गाडीलाई नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा सो गाडीमा सवार सिराहा, भगवानपुर गाउँपालिका–२ का १८ वर्षीय नरेश कुमार यादवलाई शंका लागि खानतलासी गरिएको हो।
तलासीका क्रममा यादवले बोकेको झोलाबाट नगद रु. ३,५०,३०० (तिन लाख पचास हजार तिन सय रुपैयाँ) र विभिन्न सुनका गरगहना फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सामानमा रहेका सुनका गरगहना यसप्रकार छन्:
छड्के तिलहरी थान–१, तौल ७५ लाल, मूल्य रु. १,६१,८८८.१२
मंगलसूत्र थान–१, तौल १२.६ लाल, मूल्य रु. २,५९,०२१
बेरुवा औंठी थान–१, तौल ६३.३ लाल, मूल्य रु. ३,०३,९७९.६४
सिक्री थान–३, तौल २.३२ तोला, मूल्य रु. ५,०१,२०५.६३
जम्मा सुनको मूल्य रु. १२,२६,०९४.३९ (बाह्र लाख छब्बिस हजार चौरानब्बे रुपैयाँ उनन्चालिस पैसा) रहेको छ।
प्रहरीले उक्त नगद र सुनको स्रोत नखुलेपछि आवश्यक अनुसन्धानका लागि यादवलाई नियन्त्रणमा लिएको र थप कारबाही अघि बढाइएको जनाएको छ ।
Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।