२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

जाग्रेबमा तीज धमाका : रचना रिमालको जादुमा झुम्यो क्रोएसिया

नमनखबर डेस्क भदौ १९, २०८२ १७८
जाग्रेबमा तीज धमाका : रचना रिमालको जादुमा झुम्यो क्रोएसिया

जाग्रेब । क्रोएसियाको राजधानी जाग्रेबमा कोशेली प्रोडक्सनको आयोजनामा सम्पन्न तीज धमाका २०८२ ले नेपाली समुदायलाई संगीतमय बनायो । हरितालिका तीजको अवसरमा आयोजना गरिएको यस भव्य कार्यक्रममा चर्चित गायिका रचना रिमालको प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध तुल्यायो ।

जाग्रेबस्थित Tvornica Kulture Hall मा साँझ ५ बजेदेखि राति ११ बजेसम्म चलेको कार्यक्रमका संयोजक तथा लामा ब्रदर्सका सञ्चालक सञ्जय तामाङका अनुसार रचना रिमालले आधा दर्जनभन्दा बढी लोकप्रिय गीत गाएर माहोल तताएकी थिइन् । उनले *फोटो फिरिममा, मिनरल वाटर, उनको प्रीति लगायतका गीतमा दर्शकलाई रमाइलो गराइन् ।

हाल युरोप भ्रमणमा रहेकी रिमालले स्पेनको म्याड्रिड र बार्सिलोना, पोल्यान्ड र क्रोएसियामा आफ्नो प्रस्तुति दिइसकेकी छन् भने माल्टा लगायतका अन्य युरोपियन देशमा समेत उनका कार्यक्रम तय भइसकेका छन् । क्रोएसियामा प्रस्तुति सकाएपछि उनले त्यहाँका विभिन्न मार्ट र होस्टलहरूको समेत भ्रमण गरेकी थिइन् ।

कार्यक्रममा बुद्ध लामा, दिपक तामाङ, निश्चल राई, मणि काफ्ले, कृष्ण काफ्ले, बालकृष्ण, सुनिता बिक, प्रदिप लामा लगायतका कलाकारहरूले समेत गीत प्रस्तुत गरे । त्यस्तै, शान्ता तामाङ, शिरिषा छुदेन तामाङ, ग्याल्छेन तामाङ, निरु परियार, मनोज श्रेष्ठ, शान्ति ओली र युवराज थापाले एकल तथा सामूहिक नृत्यमार्फत माहौल झनै रौनकिलो बनाए ।

कार्यक्रमलाई रोचक र जीवन्त बनाउन उद्घोषक दिपक तामाङ  र अमृता स्याङतान तामाङले आकर्षक शैलीमा सञ्चालन गरेका थिए ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।