२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

लायन्स डिस्ट्रिक्ट ३२५ एचको आयोजनामा पुष ११–१२ मा कीर्तिपुर सांस्कृतिक मेला

नमनखबर डेस्क पुस ०३, २०८२ २४0
लायन्स डिस्ट्रिक्ट ३२५ एचको आयोजनामा पुष ११–१२ मा कीर्तिपुर सांस्कृतिक मेला

२०८२ पुस ३ गते बिहीबार

काठमाडौँ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एचको आयोजनामा काठमाडौँ उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक धरोहर नगर कीर्तिपुरमा आगामी पुष ११ र १२ गते दुई दिने ‘समुदाय कल्याण तथा सांस्कृतिक मेला’ आयोजना हुने भएको छ।

‘समुदाय कल्याण र सांस्कृतिक पहिचान संरक्षण’ भन्ने मूल नाराका साथ आयोजना हुने उक्त मेला कीर्तिपुर नगरपालिका वडा नं १, २ र १० का विभिन्न स्थानमा सञ्चालन गरिनेछ । ऐतिहासिक चिलञ्चो मन्दिरदेखि उमामहेश्वर मन्दिरसम्मको सांस्कृतिक मार्ग मेलाको प्रमुख केन्द्र रहनेछ।

डिस्ट्रिक्टको तर्फबाट लायन्स तथा लियो क्लब अफ कीपु, लायन्स क्लब अफ काठमाडौं पद्यमकाष्ठपुर तथा लायन्स तथा लियो क्लब अफ कीर्तिपुरले संयुक्त रूपमा मेलाको आयोजना तथा व्यवस्थापनको जिम्मेवारी लिएका छन्।

यस मेलाले कीर्तिपुरको मौलिक संस्कृति, इतिहास र पहिचानलाई राष्ट्रियस्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकले लिएका छन्।

मेलाको अवसरमा समुदायको स्वास्थ्य र सचेतनालाई केन्द्रमा राख्दै निःशुल्क स्वास्थ्य शिविरसमेत सञ्चालन गरिनेछ।स्वास्थ्य शिविरअन्तर्गत आँखा परीक्षण, मधुमेह परीक्षण, दन्त तथा मुख स्वास्थ्य सेवा, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम तथा रक्तदान कार्यक्रम आयोजना गरिने जनाइएको छ।

लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एचका जीएमटी कोर्डिनेटर रामकृष्ण बिसीका अनुसार मेलामा सहभागी अवलोकनकर्ताले कीर्तिपुरका ऐतिहासिक मन्दिर तथा सम्पदाबारे जानकारी लिनुका साथै परम्परागत नेवारी संस्कृति झल्किने सांस्कृतिक प्रस्तुति, लोकसंगीत र नृत्यको प्रत्यक्ष अवलोकन गर्न सक्नेछन्।

कोर्डिनेटर रामकृष्ण बिसीका अनुसार राष्ट्रिय तथा स्थानीय कलाकारहरूको विशेष सांस्कृतिक कार्यक्रममार्फत मेलालाई थप जीवन्त र मनोरञ्जनात्मक बनाइनेछ। साथै, चौरासी व्यञ्जनसहित मौलिक नेवारी भोजका विविध परिकारहरूको स्वाद लिन सकिने व्यवस्था समेत मिलाइएको छ।मेलामा ३० भन्दा बढी प्रदर्शनी स्टलहरू रहनेछन्, जसमा स्थानीय उत्पादन, हस्तकला, जैविक सामग्री, प्राविधिक सेवा, शैक्षिक तथा वित्तीय संस्थाहरूका स्टलहरू समावेश गरिनेछन्। बिसीका अनुसार परिवारसहित दुई दिनसम्म कीर्तिपुरमा रमाइलो गर्दै संस्कृति, स्वास्थ्य र मनोरञ्जनको एकैसाथ अनुभव गर्न सकिने वातावरण तयार गरिएको छ। सहभागी तथा आगन्तुकका लागि कीर्तिपुरस्थित होटल तथा होमस्टेको सुविधा समेत उपलब्ध गराइनेछ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।