२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

नाम फेर्ने, चिन्ह फेर्ने, तर देशको मुहार त्यहीँ!

अशोक बुद्ध लामा कार्तिक २३, २०८२ ४५0
नाम फेर्ने, चिन्ह फेर्ने, तर देशको मुहार त्यहीँ!

 निङमर तामाङ(मेल्बन)

नेपालमा राजनीति कहिले जनयुद्धको नाममा बन्दुक बोकेर अघि बढ्छ, कहिले जनताकै विरुद्धको षड्यन्त्रमा कलम चलाउँछ।राजनीतिक जगतमादुई दशकअघि क्रान्तिको सूर्य उदाएको भनियो तर अहिले त्यो सूर्य कुर्सीको छायाँमा हराइसकेको छ।एउटा प्रश्नको बिसय भएको छ पुष्पकमल दाहालले इतिहास फेरे कि केवल नाम? पार्टीको नाम चुनाव चिन्ह  गठबन्धनको रुप कहिले काहीँ आफ्नै विचार सबै फेरे। तर नफेरेको कुरा एउटै हो देशको मुहार।उही धुलाम्य सडकमाथी उही बेरोजगार युवक उही भ्रष्ट प्रशासन र उही ठगिएको जनता।जनयुद्धदेखि जनविरोधसम्म कहिले प्रचण्डबनेर जनताको न्याय खोज्न हिँडे कहिले पुष्प कमल  दाहाल बनेर सिंहदरबारमा न्याय लुकाए।कहिले क्रान्तिको नारा दिएर हाते माइक समात्ने भए र कहिले गठबन्धनको गीत गाउँदै मन्त्रीमण्डलको सूचीमा नाम लेखाउने।जनयुद्धमा समानता समाबेशीको जनताको अधिकार लोकतान्त्रिक ब्यबस्था खोज्न भोकै हिँडेका कार्यकर्ताहरू आज पनि सस्तो चामलको लाइनमा छन्तर त्यही युद्धका कप्तान अब एयरकन्डिसन भएको घरको कोठाबाट क्रान्तिको सम्झनालेखिरहेका छन्।देशमा परिवर्तन भयो भनिन्छ तर बदलिएको केवल नेताको भाषणको स्क्रिप्ट हो।जनताको जुत्ता अझै पुरानै छ जसले विकासको सडकमा हिँड्न सक्दैन।कम्युनिस्ट एकताको नौटंकी नेपालको कम्युनिस्ट आन्दोलनले अब दर्शनभन्दा बढी ड्रामा उत्पादन गर्न थालेको छ।एकदिन बिहान ऐतिहासिक एकता घोषणा हुन्छ साँझमा सिद्धान्तगत असहमतिको जन्म हुन्छ।पार्टीको नाम र झण्डा फेरिन्छ तर चरित्र उस्तै रहन्छ जुँघा शासन जिवित नै छ जस्तो अनुभुति गर्छनेता बदलिन्छन्, वाक्यांश बदलिन्छतर व्यवहारमा उही सामन्ती गन्ध आउँछ।२०७५ सालको माओवादी एमाले एकतालाई सम्झनुहोस् देशले पहिलो पटक साँचो वामशक्ति एकताको सपना देख्यो।तर त्यो सपना सत्ताको कुर्सीमा पुग्नेबित्तिकै च्यातियो।केहीले कम्युनिस्टले मार्क्सको उद्धार गरे, केहीले कम्युनिस्टले माक्सको व्यापार गरे।अन्तत सिद्धान्त सिंहदरबारकै कोरिडोरमा हरायो।जनताको सरकार जन सरकार तर जनता कुन कुनामा संविधान लेख्दा जनताको सरकार भन्दै हस्ताक्षर गरियो।तर जनताले पढ्ने संविधान कहाँ पाउँछन् रनगरपालिकाको ढोका पुग्न अझै सिफारिस चाहिन्छअस्पतालको बेडमा नाम लेखाउन अझै सिफारिस चाहिन्छ।क्रान्तिको सन्तान सरकारी जागिरमा दरबार खोज्छभूतपूर्व लडाकु बैंकको ऋण तिर्न खेत बेच्दैछ।समानताको झण्डा र असमान व्यवहारकम्युनिस्ट घोषणापत्रमा अझै पनि समानता लेखिन्छतर पार्टी भित्रै पद पाउने अवसर असमानता ।बृहत सभा बोलाउँदा जनता बाहिर बस्छन् निर्णय बन्द कोठा भित्र  हुन्छ।टोपी र झण्डाको रंग बदलिन्छ  तर शासन उही जुँघा शासननयाँ पुस्ताको प्रश्न कुर्सीभन्दा ठूलो विचार कहिले?हामीले धेरै एकता देख्यौंतर कहिल्यै निष्ठा देखेनौं।नेताहरूको बिचार कुरुसी’भन्दा ठूलो कहिले हुन्छ?जनताको आँसु जबसम्म दलको घोषणापत्रमा सूख्दैनतबसम्म क्रान्ति शब्दमा मात्रै बाँधिन्छ।अब नाम होइननिष्ठा फेर्ने समय हो।विचार होइन व्यवहारमा परिवर्तन ल्याउने समय हो।किनकि जनताले झण्डा होइन इमान खोजिरहेका छन् नेपालको राजनीतिक इतिहास हेर्दा लाग्छ नेताहरू क्रान्ति गर्छन् जनता परिणाम भोग्छन्।नेताहरूको मुठी उठ्छ जनताको हात फैलिन्छ।एकता हुन्छ देश टुक्रिन्छ।घोषणा हुन्छ विश्वास मर्छ।अब जनता भन्छन् हामीलाई नयाँ नाम होइन नयाँ नीयत चाहियो।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।