२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

समाजसेवी ज्ञानबहादुर लामाद्वारा विद्यालयमा शैक्षिक सामाग्री सहयोग

अशोक बुद्ध लामा माघ ०७, २०८१ २0७
समाजसेवी ज्ञानबहादुर लामाद्वारा विद्यालयमा शैक्षिक सामाग्री सहयोग

तेमाल । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका वडा नम्वर ७ काल्दारस्थित खड्केश्वरी आधारभूत विद्यालयमा अध्ययनरत  विद्यार्थीहरुलाई ज्ञान बहादुर लामाले  विद्यालय पोशाक, झोला र स्टेशनरी सामाग्री सहयोग गरेको छ ।

विद्यालय  आयोजित कार्यक्रममा ज्ञान बहादुर लामाले विद्यालयका सम्पुर्ण बालबालिकालाई उक्त सहयोग हस्तान्तरण गर्नुभएको हो ।

 

कार्यक्रममा बोल्दै लामाले आफुले शिक्षाको क्षेत्रमा केही राम्रो गर्न चाहेको र शिक्षाको क्षेत्रमा सकेको सहयोग गर्न पाउँदा खुसी लागेको बताउनुभयो, कार्मथलो टाढा भएपछि आफ्नो जन्मथलोमा सकेको सबैले गर्नुपर्ने भन्दै केही समय अगाडी सिन्धुली जनजागृति माध्यमिक विद्यालय फिक्कल गाउँपालिका  वडा नम्बर १ सिन्धुलीमा मा पनि अक्षेरुपी ५०००० सहयोग गरेको स्मरण गर्दै आफुले शिक्षाको क्षेत्रमा गरिने सहयोग निरन्तर रहने बताउनुभयो

 

 

कार्यक्रम बोल्दै पुर्व वडा अध्यक्ष ज्ञान बहादुर तामाङले ले समाज विकासको लागि शिक्षामा सुधार हुनुपर्ने त्यसको लागि सबै निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो, बालबालिका भविष्यको कार्णधार भएकोले यसले शिक्षाको उपलब्धिमा सहयोग हुने बताउनुभयो 

 

विद्यालयमा सहयोगमा गर्नुभएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पंचमान लामाले विद्यालयमा सहयोग गरेकोमा कृतज्ञ प्रकट गर्दै शैक्षिक सामाग्रीले विद्यालयको शैक्षिक उन्नतिमा सहयोग हुने विश्वास व्यक्त गर्नुभयो!

 

कार्यक्रममा शिक्षकशिक्षिकाहरु,तामाङ पत्रकार संघ काभ्रेका सचिव अशोक बुद्ध लामा र युवा नेता मनिक मोक्तान अभिभावकहरुको समेत उपस्थिति रहेको थियो ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।