तेजगंगा क्याम्पस प्रमुख डा. कार्की रापबो सदस्यमा नियुक्त
पनौती । तेजगंगा बहुमुखी क्याम्पस पनौतीका संस्थापक क्याम्पस प्रमुख डा. अम्बुभवानी कार्की नेपाल सरकार, शिक्षा मन्त्रालय अन्तर्गतको राष्ट्रिय परीक्षा बोर्ड (NEB) को बोर्ड सदस्यमा नियुक्त हुनुभएको छ।
राष्ट्रिय परीक्षा बोर्डको २०८२ साल पौष १४ गतेको निर्णय अनुसार डा. कार्कीलाई चार वर्षको कार्यकाल का लागि बोर्ड सदस्यमा नियुक्त गरिएको हो। शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएकी डा. कार्कीको नियुक्तिले परीक्षा प्रणाली, शैक्षिक गुणस्तर र नीतिगत सुधारमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
नियुक्ति पत्र २०८२ साल पौष १६ गते राष्ट्रिय परीक्षा बोर्डको कार्यालयमा आयोजित एक कार्यक्रमबीच सदस्य सचिव जंगबहादुर अर्यालले डा. कार्कीलाई प्रदान गर्नुभएको थियो ।
डा. कार्कीको यस महत्वपूर्ण जिम्मेवारी प्राप्त गर्नुभएकोमा सफल कार्यकालको कामना गर्दै विभिन्न शैक्षिक संघ संस्था, सहकर्मी एवं शिक्षाविद् तथा सरोकारवालाहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
Facebook Comments
टिप्पणीहरू (0)
अहिलेसम्म कुनै कमेन्ट छैन।