२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

ऊनको स्वीटर युट्युबमा सार्वजनिक

नमनखबर डेस्क माघ ११, २०८२ ६५
ऊनको स्वीटर युट्युबमा सार्वजनिक

काठमाडौँ । मन्त्रमुग्ध संगीतका कारण चर्चामा रहेको चलचित्र ‘उनको स्वीटर’ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । चलचित्र गत वैशाखमा सिनेमा हलमा प्रदर्शनमा आएको थियो । ‘ऊनको स्वीटर’ चलचित्र ‘आर्टमान्डु’को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

चलचित्रले नेपालमा मात्र नभई दक्षिण कोरिया र जापानमा समेत सकारात्मक प्रतिक्रिया पाएको थियो भने भारतमा पनि उल्लेख्य सफलता हासिल गरेको निर्माण पक्षले जनाएको छ । केही प्राविधिक जटिलताका कारण भारतमा ढिलो रिलिज भए पनि त्यहाँ फिल्मले ५१ दिनको प्रदर्शन पूरा गरेको निर्देशक चौहानले जानकारी दिनुभयो। भारतका विभिन्न सहर तथा विदेशमा रहेका नेपाली दर्शकबाट व्यापक माग आए पनि सबै स्थानमा फिल्म प्रदर्शन गर्न सम्भव नभएपछि युट्युबमार्फत सार्वजनिक गर्ने निर्णय गरिएको चलचित्रको निर्माण पक्षले जानकारी दिएको छ । 

‘ऊनको स्वीटर’ डम्बर र इच्छा नामक पात्रबीचको प्रेम सम्बन्धमा आधारित कथावस्तुमा निर्माण गरिएको चलचित्र हो । यसमा समावेश ‘काफ्ले’, ‘चाइनेजो जिन्दगानीमा’, ‘फूल’ र ‘जून हेर्नु तिमी’ जस्ता गीतहरू सामाजिक सञ्जालमा चर्चित बनेका थिए ।

चलचित्रको पूरा भिडियो युट्युबमा हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोस्ः

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।