२०८३-वैशाख-०७ सोमबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

वार्षिक उत्सवमा नाचघर रेष्टुरेन्ट एण्ड बारको विशेष छुट अफर

अशोक बुद्ध लामा साउन ३१, २०८२ १0१४
वार्षिक उत्सवमा  नाचघर रेष्टुरेन्ट एण्ड बारको विशेष छुट अफर

लाजिम्पाटस्थित नाचघर रेष्टुरेन्ट एण्ड बारले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा विशेष कार्यक्रमसहित फल्याट २० प्रतिशत छुट प्रदान गर्ने भएको छ।

रेष्टुरेन्टले भदौ १ गते आयोजना हुने वार्षिकोत्सवमा सांगीतिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति रहने जनाएको छ। कार्यक्रममा नृत्य, जादू शो, हास्य-व्यंग्य, विशिष्ट अतिथि कलाकारहरूको प्रस्तुति, रोमाञ्चक लकी ड्र, आकर्षक पुरस्कार वितरण तथा लेट नाइट डीजे सेसनसमेत हुनेछन्।

उत्कृष्ट भोजन, प्रीमियम पेय तथा उच्चस्तरीय मनोरञ्जनको संयोजनमार्फत अतिथिहरूलाई अद्वितीय अनुभव प्रदान गर्दै आएको नाचघरले यस अवसरमा सम्पूर्ण ग्राहक तथा शुभेच्छुकहरूलाई सहभागिताको लागि निमन्त्रणा गरेको छ।

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।