२०८३-वैशाख-०६ आइतबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

धनेन्द्र तिमल्सिनाको निर्देशनमा टेलि चलचित्र 'मालती' को छायाँङ्कन सुरू

नमनखबर डेस्क भदौ ३०, २०८२ ११७८
धनेन्द्र तिमल्सिनाको निर्देशनमा टेलि चलचित्र 'मालती' को छायाँङ्कन सुरू

बनेपा । निर्देशक धनेन्द्र तिमल्सिना (राज)को निर्देशनमा टेलि चलचित्र 'मालती' को छायाँङ्कन सुरु भएको छ ।

पनौती नगरपालिका वडा नम्बर २ स्थित छिना भन्ज्याङबाट छायाँङ्कन सुरू गरिएको टेलिचलचित्रले समाजमा घट्ने विषयवस्तु प्रस्तुत गर्ने बताइएको छ । सामाजिक विषयवस्तुमा निर्माण गरिएको चलचित्रले नेपाली समाजको वास्तविकतालाई समेत उजागर गर्ने निर्देशक तिमल्सिनाले बताएका छन् ।  

साबित्री हुमागाईको प्रस्तुतिको ब्यानरमा बनिरहेको नेपाली कथानक टेलि चलचित्र 'मालती' को निर्माता सरु हुमागाईं हुन् । तिमल्सिनाको निर्दशन रहने टेलिचलचित्रमा डिओपी मुकेश हुमागाईं र छायाँङ्कन सन्तोष तिमल्सिनाको रहको छ ।    

चलचित्रमा प्रिती शिवाकोटी, राकेश रनपाल, अनिता सुन्दास, लेखराज दाहाल, रमेश सापकोटा, आशिका खत्री, हरि भण्डारी, रुपा चौहान, रिया सुवेदी, भोला भण्डारी, बाङ्गेल लामा, अस्तराम श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहनेछ । 

Share
Facebook Comments

पत्रकार प्रोफाइल

नमनखबर डेस्क

नमनखबर डेस्क

"नमनखबरका लेखक एक समर्पित पत्रकारिता टोली हुन्, जो सत्य, विश्वसनीयता, र निष्पक्षताको मान्यताका साथ राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचारहरू साझा गर्न प्रतिबद्ध छन्।"

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।