२०८३-वैशाख-०६ आइतबार

बिहानको ११:२५:२७

गृहपृष्ठ / कला / समाचार

निङमारको दृष्टिमा ल्हाजाेम

अशोक बुद्ध लामा कार्तिक ०१, २०८२ ७0२
निङमारको दृष्टिमा ल्हाजाेम

निङमार तामाङ(मेलवन)

हिमालको छेउमा हिउँ परिरहेको थियो।

सगरमाथाको टुप्पोबाट झरिरहेको सेतो किरणले

निङमरको अनुहारमा उज्यालो फैलाएको थियो।

ऊ सानो छँदा हिउँमा हिँड्न सिकेको थियो,

हिउँमा खेलेको थियो,

र हिउँकै संगतमा हुर्किएको थियो।

तर अहिले ऊ टाढा  कतारको एक प्रतिष्ठित कम्पनीमा

वैदेशिक रोजगारको सिलसिलामा लामो समयदेखि काम गरिरहेको छ।

देश,समाज, प्रति लगाव त छदै छ  तर हरेक पटक जब ऊ आफ्नो थर “तामाङ” लेख्थ्यो,

कोही न कोही मुस्कुराउँदै सोद्दथे

“तामाङ भनेको कुन जात हो? तिब्बती हो र?”

त्यो प्रश्न हरेक पटक उसको मनमा तिखो चिरा पर्थ्यो।

ऊ मनमनै सोच्थ्यो 

“हामीले सगरमाथाको ढुंगामा रगत बगाएर

नेपाललाई गौरव दिएको देशमा

अझै पनि मानिसको नागरिकता

उसको अनुहार र उच्चारणबाट मापन किन हुन्छ?

कहिलेकाहीँ ऊ सम्झिन्थ्यो 

हिमालको पाखामा याक चराउने बुबा,र -१५ डिग्रीको चिसोमा आगो ताप्दै भन्थिन् आमा 

निङमर, यो माटो त हाम्रो हो।

हिउँले ढाकेको भए पनि भित्र तातो छ,हाम्रो मुटुको जस्तै।”

एक बिहान, सधैंझैं चिया लिएर कार्यस्थल  जान तयारी गर्दै गर्दा

उसको नजर अनलाइन समाचारमा पर्छ।

नेपालमा नयाँ सरकार विस्तारको खबर थियो।

त्यसै सूचीमा एउटा नाम देख्यो  टासी ल्हाजोम।

एक युवती, जसले मन्त्री बन्ने मौका पाएकी रहिछिन्।

कोहीले ताली बजाए, कोहीले फेसबुकमा लेखे 

 “उनी त तिब्बती शरणार्थी रहिछिन्।”

त्यो टिप्पणी पढ्नेबित्तिकै

निङमरको मुटु भक्कानियो।

उसले सम्झ्यो ह्यारी भण्डारीलाई 

अमेरिकाको मेरिल्यान्ड राज्यमा सांसद बनेका नेपालीलाई

सबैले गर्वका साथ स्वागत गरेका थिए।

तर आफ्नो देशमै कुनै हिमाली थरको नाम सुन्दा

किन कसैको नाक फुल्छ,

किन कसैको मन चिसिन्छ,

किन कसैले शंका गर्छ?

त्यही रात निङमरले आफ्नो नोटबुकमा लेख्यो 

यदि शेर्पा र लामा हिमालका होइनन् भने,

सगरमाथा पनि हाम्रो होइन।

यदि थारू र मधेसी नेपालका होइनन् भने,

तराईको माटो पनि हाम्रो होइन।

र यदि मगर, राई, गुरुङ, तामाङ, नेवार, दलित,ब्राह्मण, क्षत्री 

जसको पसिनाले यो देश बनेको हो ती सबै नेपाली होइनन् भने,

नेपाल भन्ने शब्दको अर्थ के रहन्छ?”

अर्को बिहान, कार्यस्थल  पुग्दा सहकर्मीले सोध्यो 

“किन यति भावुक भएर लेख्दैछौ?”

निङमर मुस्कुरायो “किनभने म देख्छु 

हिमाल, पहाड र तराई तीन फरक रूप हुन्,

तर माटो एउटै हो।

हामी सबैको रगत

त्यही माटोले रातो बनाउँछ।”

त्यही क्षण, कार्यस्थलमा उसको जिम्मेवारीको  सूचना आउँछ र निङमर दैनिकीमा लाग्छ तेति खेर 

नेपाल एयरलाइन्सको जहाज

उसले काम गर्ने विमानस्थलमा अवतरण गरेको।निङमरको नजर त्यो रातो–नीलो झन्डातिर गयो।

उसको मनमा सगरमाथाको तस्बिर झल्कियो 

आकाश र हिउँबीच उभिएको त्यो शिखर

मौन स्वरमा भनिरहेको थियो  “हिमाल हाम्रो हो,

र तिमीहरू सबै

एक अर्काका हौ।”

जहाँ बसोबास गरे पनि,

जसको भाषा, धर्म वा थर जस्तोसुकै होस्,

नेपालभित्र जन्मिएको र नेपाललाई माया गर्ने

हरेक मुटु नेपाली हो।

हिमाल, पहाड र तराई फरक भौगोलिक रूप हुन्,

तर तिनको माटो एउटै हो 

      ???????? नेपालको पहिचान।????????

Share
Facebook Comments

पत्रकार प्रोफाइल

अशोक बुद्ध लामा

अशोक बुद्ध लामा

समाचारदाता

सिफारिस समाचार

टिप्पणीहरू (0)

अहिलेसम्म कुनै कमेन्ट छैन।